News Portal

मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

हिमालीसंचार संवाददाता/डन मगर
१६०७ पटक

मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्।

तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना महिलाहरुको सहभागिता रहेको मध्ये टपटेनलाई विशेष पुरस्कार वितरण गरिएको थियो। काठमाडौंकी सविना थापा प्रथम, स्थानीय मकाउकी लियोङ भण्डारी दोस्रो, झिलझिले झापाकी सुनिता भण्डारी तेस्रो, बुधबारे-६ झापाकी सारा मगर चौथौ, नेपाल गञ्जकी विना अधिकारी रुचल पाचौ, काठमाडौकी सर्मिला राई छौटौ, काठमाडौंकी निशा तामाङ सातौ, काठमाडौंकी विष्णुमाया खड्का आठौ र गोर्खाकी सपना न्यौपानेले नवौ स्थान हासिल गर्दैं क्राउन प्राप्त गरेकी थिईन् । तीज क्विनको विजेताहरुलाई आयोजक समितिकी गीता मगर शेर्पा र राजी शाह भट्टद्वारा संयुक्त रुपमा क्राउन वितरण गरिएको थियो। त्यस्तै अन्य सहभागिहरुलाई समेत आफ्नो विशेष आकर्षणको आधारमा क्राउन प्रदान गरिएको थियो। 

मकाउमा रहेका नेपाली महिला दिदिबहिनीहरुले मनोरञ्जनका लागि थप नयाँ कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक समितिकी शेर्पाले हिमालीसंचारडटकमलाई जानकारी दिईन्। 

मकाउमा कार्यरत नेपालीहरुले आफ्ना चाड, पर्व र संस्कार संस्कृति मनाउन एक जुट हुदै आएका नेपाली दिदीबहिनीहरुले थप मनोरञ्जनका लागि तीज क्विन कार्यक्रम राखिएको उनको भनाइ थियो। मकाउमा रहेका नेपाली महिलाहरुले यो पटक तीजको अवसरमा एक कार्यक्रम आयोजना गरी तीज क्विन कार्यक्रम राखेर थप रमाईलो गरिएको शेर्पाको भनाई थियो।  

गत सेप्टेम्बर १७ तारिख आइतवार मकाउ स्थित पोन्टे-१६ होटलको छैटौँ तलाको ग्राण्ड बलरुममा आयोजित कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रम बाहेक अन्य विभिन्न खेल, मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी एक आपसमा खुशी साटेका हुन। उपस्थित नेपाली महिलाहरुको अलवा विदेशी महिलाहरुले समेत नेपाली रातो पहिरनका साथमा नाच गान गरी थप रमाईलो गरेका हुन्। 

आयोजित कार्यक्रमका तामाङ घेदुङ मकाउका अध्यक्ष कलबहादुर तामाङ, गुरुङ “तमु” समाज मकाउ चीनका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा”, मगर संध मकाउका अध्यक्ष राम राना मगर, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीबाट उत्तम गुरुङ लगयातको उपस्थिति रहेको थियो। 

त्यस्तै, आयोजित कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नका लागि नेपाली व्याण्डको समेत उपस्थिति रहेको थियो। लिड गिटारिस्ट विनय गुरुङको नेतृत्वमा, भोकलिष्ट द्वोय रविन घले र सन्तोष बस्नेत, रिदम गिटार राजु तामाङ, निराजन शाही, ड्रममा अमृत प्रजापती लगायतको टिमले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए।

आयोजित कार्यक्रमबाट संकलित रकमले कैलालीका साहारा घरमा आस्रित ११७ जना विभिन्न बृद्धा-बालक तथा फरक क्षमता भएकाहरुलाई असोज ४ गते एक छाक मिठो खाना खुवाउने कार्यक्रम तय गरिएको समेत आयोजक समितिकी सदस्य समाजसेवी शेर्पाले जानकारी दिइन्। आयोजित कार्यक्रम ईश्वर भट्ट र ग्याबु शेर्पाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

भिडियो यहाँ हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...