News Portal

मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

हिमालीसंचार संवाददाता/डन मगर
१५५७ पटक

मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्।

तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना महिलाहरुको सहभागिता रहेको मध्ये टपटेनलाई विशेष पुरस्कार वितरण गरिएको थियो। काठमाडौंकी सविना थापा प्रथम, स्थानीय मकाउकी लियोङ भण्डारी दोस्रो, झिलझिले झापाकी सुनिता भण्डारी तेस्रो, बुधबारे-६ झापाकी सारा मगर चौथौ, नेपाल गञ्जकी विना अधिकारी रुचल पाचौ, काठमाडौकी सर्मिला राई छौटौ, काठमाडौंकी निशा तामाङ सातौ, काठमाडौंकी विष्णुमाया खड्का आठौ र गोर्खाकी सपना न्यौपानेले नवौ स्थान हासिल गर्दैं क्राउन प्राप्त गरेकी थिईन् । तीज क्विनको विजेताहरुलाई आयोजक समितिकी गीता मगर शेर्पा र राजी शाह भट्टद्वारा संयुक्त रुपमा क्राउन वितरण गरिएको थियो। त्यस्तै अन्य सहभागिहरुलाई समेत आफ्नो विशेष आकर्षणको आधारमा क्राउन प्रदान गरिएको थियो। 

मकाउमा रहेका नेपाली महिला दिदिबहिनीहरुले मनोरञ्जनका लागि थप नयाँ कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक समितिकी शेर्पाले हिमालीसंचारडटकमलाई जानकारी दिईन्। 

मकाउमा कार्यरत नेपालीहरुले आफ्ना चाड, पर्व र संस्कार संस्कृति मनाउन एक जुट हुदै आएका नेपाली दिदीबहिनीहरुले थप मनोरञ्जनका लागि तीज क्विन कार्यक्रम राखिएको उनको भनाइ थियो। मकाउमा रहेका नेपाली महिलाहरुले यो पटक तीजको अवसरमा एक कार्यक्रम आयोजना गरी तीज क्विन कार्यक्रम राखेर थप रमाईलो गरिएको शेर्पाको भनाई थियो।  

गत सेप्टेम्बर १७ तारिख आइतवार मकाउ स्थित पोन्टे-१६ होटलको छैटौँ तलाको ग्राण्ड बलरुममा आयोजित कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रम बाहेक अन्य विभिन्न खेल, मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी एक आपसमा खुशी साटेका हुन। उपस्थित नेपाली महिलाहरुको अलवा विदेशी महिलाहरुले समेत नेपाली रातो पहिरनका साथमा नाच गान गरी थप रमाईलो गरेका हुन्। 

आयोजित कार्यक्रमका तामाङ घेदुङ मकाउका अध्यक्ष कलबहादुर तामाङ, गुरुङ “तमु” समाज मकाउ चीनका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा”, मगर संध मकाउका अध्यक्ष राम राना मगर, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीबाट उत्तम गुरुङ लगयातको उपस्थिति रहेको थियो। 

त्यस्तै, आयोजित कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नका लागि नेपाली व्याण्डको समेत उपस्थिति रहेको थियो। लिड गिटारिस्ट विनय गुरुङको नेतृत्वमा, भोकलिष्ट द्वोय रविन घले र सन्तोष बस्नेत, रिदम गिटार राजु तामाङ, निराजन शाही, ड्रममा अमृत प्रजापती लगायतको टिमले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए।

आयोजित कार्यक्रमबाट संकलित रकमले कैलालीका साहारा घरमा आस्रित ११७ जना विभिन्न बृद्धा-बालक तथा फरक क्षमता भएकाहरुलाई असोज ४ गते एक छाक मिठो खाना खुवाउने कार्यक्रम तय गरिएको समेत आयोजक समितिकी सदस्य समाजसेवी शेर्पाले जानकारी दिइन्। आयोजित कार्यक्रम ईश्वर भट्ट र ग्याबु शेर्पाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

भिडियो यहाँ हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...