News Portal

शिल्पी संघ नेपाल कुवेतद्वारा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४२१ पटक

कुबेत – नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा शिल्पी संघ नेपाल कुवेत द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कुबेतको जिलिब स्थित पपिन्स हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन सम्पन्न भएको छ।

कार्यक्रममा शिल्पी संघ नेपाल कुबेतका अध्यक्ष ज्ञान ब गजमेरको सभापतित्व गर्नु भएको कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुको संयुक्तरुपमा द्दिप प्रज्वलन गरि तथा राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरिएको थियो। संघका सचिब दिनेश माल परिवारले स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्ण लाई स्वागत गर्नु भएको थियो। भने संघका सदस्य कल्पना बिश्वकर्मा , बिशेष आथिती शान्त लम्साल लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्नेलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रममा राता सारी,छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म निर्त्य गरेका थिए।

भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो। आफ्नो स्थापना काल देखीनै हर साल तिजको अबरसार पारेर दिदी बहिनीहरुलाई दर खुवाउदै आएको छ। । कार्यक्रमलाई संघका प्रथम उपाध्यक्ष अनामिका तिरुवा र महासचिब सुरेश कालिकोटे बि : क ले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए। अन्तमा सभापति ज्ञान ब गजमेरले कार्यक्रम सफल पार्नको लागि  सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिएl

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...