News Portal

  • नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा हुने

    हिमालीसंचार संवाददाता
    ५०० पटक

    कुवेत- कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका गर्न लागिएको समाजका प्रवक्ता सन्त लम्सालले जानकारी दिए ।

    कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । उक्त दिन स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।

    कार्यक्रमको विवरण :
    मितिः २४ नोभेम्बर २०२३ 
    स्थान: इन्डियन  स्कुल जिलिब 
    समयः बिहान ११ बजे  
    आयोजक : नेपाल कुवेत सरोकार समाज

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...