News Portal

म्याग्दी मोना कुवेतद्वारा आयोजित हरितालिका तीज तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३६४ पटक

कुबेत। म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुबेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै पत्रकार सम्मान कार्यक्रम कुबेतको मङाफस्थित मेमोराईज हलमा हिजो १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भएको छ।

समाजका अध्यक्ष दिपक छन्त्यालको सभापतित्व र प्रमुख संरक्षक मान बहादुर फगामीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रम लाई संचालक संस्थाका महासचिव बिमल पुनले गरेका थिए भने अतिथिहरुलाई स्व्वगत मन्तब्यद्वारा स्वागत संस्थाका उपाध्यक्ष तेजिन श्रेष्ठ गरेका थिए।

राष्ट्रियगानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरुलगायतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो। महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यन्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बीचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए। भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो।

संस्थाले कुबेतमा नयाँ चोखो र पुजाआजा मन्दिरमा परम्परा अनुसार सबैतिर चल्ने पहिलेपहिलेका आमाहरुले पिपलको रुखलाई पुजा गर्थे उही पिपलको पात अर्गानिक ब्याजले प्रमुख अतिथि, बिशेष अतिथिहरु सम्मान गरिएको थियो।

हरितालिका तीजको अवसर पारेर कुवेतमा संचालित सबै मिडिया तथा पत्रकारहरुलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो। भने संस्थाको दिदीबहिनीहरुलाई तीजको अवसर पारेर सबैलाई लुङीले स्वागत सम्मान गरेका थिए भने, कलाकार तथा अन्य सहयोगीदाताहरुलाई पनि सम्मान गरिएको थियो।

अन्तमा सभापति दिपक छन्त्यालले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...