नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

कुवेत। समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापनाकालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर २२ मा अधिवेशन हुने जानकारी महासचिव दामोदर बटलाले दिए।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेकाे छ।
नेपाल-कुवेत सरोकार समाजले अक्टोबर महिनामा दशैं-तिहार धमाका नेपालबाट अतिथि कलाकार ल्याएर साङ्गीतिक कार्यक्रम गर्न लागिएको महासचिव बटलाले बताए।
कार्यक्रम हुने मिति, स्थान र समय
मिति – २२ सेप्टेम्बर २०२३
स्थान – Rhythm Auditorium Abbassiya
समय – ११ बजे











