News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिलमा हुने

    हिमालीसंचार संवाददाता
    २७१ पटक

    कुवेत – किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ । कुवेतको नेपाली समाजमा ‘भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान’ भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको किरात राई यायोक्खा कुवेतले १०औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा नेपाल बाट अतिथि कलाकार ल्याई “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी २०२४ अप्रिल १२ तारिख शुक्रबारको दिन गर्न लागिएको महासचिव रोशन राईले जानकारी दिएका छन।

    नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने महासचिव राईले बताए। कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुती रहनेछ। कुवेतको नेपाली समाजमा स्थापना भएका जातीय सस्था मध्य किरात राई यायोक्खा पनि हरेक गतिविधिमा सकृय छ।

    सस्थाले कुवेतमा मात्र नभई मातृभूमिमा समेत उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरु “प्रथम यायोक्खा सांगीतिक धमाका” कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत किरात राई यायोक्खा कुवेतले अनुरोध गरेको छ।

    साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ । कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ । मिति – १२ अप्रिल २०२४, शुक्रवार ।
स्थान – तय नभएको ।
समय- तय नभएको ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...