News Portal

हङकङमा समुद्री आँधी जनजीवन अस्तव्यस्त

हिमालीसंचार संवाददाता
२३० पटक

हङकङ – हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ८.१५ बजे समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। आँधीबेहरीका कारण शैक्षिक ब्यूरोले दिनभर विद्यालयहरु स्थगित गरेको छ।

सरकारले आपतकालीन हटलाइन (2572 8427) सक्रिय गरेको छ। त्यस्तै २९ वटा अस्थायी आश्रयस्थल (सेल्टर) सञ्चालन गरेको छ। साँझ ६ बजेसम्म ३३१ जना आश्रयस्थलमा पुगेका छन्। २९ वटा रुख ढलेका छन् भने ३ जना घाइते भएका छन्।

मानिसहरु घरभित्र या सुरक्षित स्थानमा रहेकाले त्यति ठूला मानवीय क्षति भएको छैन। समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 को समयमा ११८ किलोमिटर प्रति घण्टा वा सो भन्दा बढी औसत गतिमा हावाहूरी चल्ने अनुमान गरिएको छ। अब्जर्भेटरीले बाहिर नजान, आश्रयको लागि सुरक्षित स्थान रहन सर्वसाधारणलाई सुुझाब दिएको छ।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...