News Portal

मोरङको रंगेलीमा श्रावण महोत्सव तथा बोलबम शोभा-यात्रा सम्पन्न

हिमालीसंचार संवाददाता
३३७ पटक

भदौ ११, सोमबार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजार क्षेत्रमा रहेको वीर भद्रेश्वार महादेव मन्दिर तथा  पञ्चेश्वर महादेव मन्दिर बिगत बर्षहरुमा झै यस बर्षपनि श्रावण महिनाको अन्तिम  सोम्बार  रतुवामाई नगरपालिका स्थित नुना बक्राहा खोलाबाट पवित्र जल लिएर १० किलोमिटर  टाढा रहेको रंगेली स्थित शिवालयमा भक्त जनहरुले यस बर्ष पनि प्रत्येक सोमबारका दिन  जलार्पण गर्ने कार्यलाई उत्साह पुर्वक सम्पन्न गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले ७२ घण्टाको भजन कृतन गर्नुका साथै प्रत्येक सोम्बारका दिन मन्दिर प्रांगणमा भजन कृतन गरेर टाढाटाढाबाट आएका भक्तजनहरुलाई मनोरञ्जन गराएका थिए ।  

यस बर्ष पुर्सोतम मास परेको हुनाले बिगतको बर्षमा भन्दा जल अर्पण गर्ने भक्तजनहरु कमी भएता पनि भाद्रा महिनाको पहिलो सोम्बार भने जल चडाउने भक्तजनहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो । 

लोहि क्रममा नुना बक्राह खोलादेखि काटुन तथा माटोबाट शिवलिङ्ग र विभिन्न भेष-भुसामा महादेवको वहान स्वरूप झाकी समेत बनाएर ल्याईएको थियो । 

लामोदुपीको पैदल यात्रामा भक्तजनहरुलाई सहज हासो भन्ने उदेश्यका साथ रंगेलीमा रहेको मिनिल्यान्ड बोर्डिङ स्कुल, बोलबम समिति तथा अन्या संस्थाहरुले सर्वत पानीको व्यवस्था गर्नुका साथै फलफूलको समेतब्यवस्थापन समेत गरेका थिए ।  

मन्दिर परिसरमा स्वयंसेवक समेत परिचालन गर्नुका साथै  नेपाल  प्रहरी    ट्राफिक प्रहरी भक्तजनहरुको सुरक्षाको व्यवस्थापनमा जुटेको  बोलबम समितिले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...