News Portal

एनआरएनए अष्ट्रेलिया तदर्थ समिति गठन, संयोजकमा रामचन्द्र सापकोटा

हिमालीसंचार संवाददाता
३०२ पटक

अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अष्ट्रेलिया राष्ट्रिय समन्वय परिषद (एनसीसी) तदर्थ समिति गठन गरिएको छ।

एनआरएनएको गत मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न भएको १० औं अन्तराष्ट्रिय महाधिवेशन पश्चात सुरु हुँदै गएको राष्ट्रिय समन्वय परिषद बिस्तार अभियान निरन्तर छ। यसै क्रममा अगष्ट २७, २०२३ आइतबारका दिन एनआरएनए एनसीसी अष्ट्रेलिया तदर्थ समिति गठन गरिएको हो।

एनआरएनएका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष भोमा लिम्बु, सचिव कृष्ण केसी, क्षेत्रीय संयोजक केशव कडेल र आइसीसी सदस्य कुशल केसी समेत उपस्थित रहेर तदर्थ समिति गठन गरिएको हो।

तदर्थ समितिको संयोजकमा रामचन्द (आरसी) सापकोटा र सहसंयोजकमा महेन्द्र घिमिरे हुनुहुन्छ। समितिले समन्वय गर्दै बाँकी सदस्यहरुको पूर्णता गर्दै जानेछ। उपरान्त सदस्यता खुला गर्ने र राष्ट्रिय महाधिवेशनको तयारी गर्दै नयाँ नेतृत्व चयन समेत गर्नेछ।

समितिलाई संघले मान्यता प्रदान गरिसकेको छ। अब समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद्बीच एक छुटै सम्झौता पत्रमा हस्ताक्षर गरिने संघको सचिवालयले हिमालीसंचारलाई बताएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...