News Portal

  • एनआरएनए अष्ट्रेलिया तदर्थ समिति गठन, संयोजकमा रामचन्द्र सापकोटा

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अष्ट्रेलिया राष्ट्रिय समन्वय परिषद (एनसीसी) तदर्थ समिति गठन गरिएको छ।

    एनआरएनएको गत मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न भएको १० औं अन्तराष्ट्रिय महाधिवेशन पश्चात सुरु हुँदै गएको राष्ट्रिय समन्वय परिषद बिस्तार अभियान निरन्तर छ। यसै क्रममा अगष्ट २७, २०२३ आइतबारका दिन एनआरएनए एनसीसी अष्ट्रेलिया तदर्थ समिति गठन गरिएको हो।

    एनआरएनएका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष भोमा लिम्बु, सचिव कृष्ण केसी, क्षेत्रीय संयोजक केशव कडेल र आइसीसी सदस्य कुशल केसी समेत उपस्थित रहेर तदर्थ समिति गठन गरिएको हो।

    तदर्थ समितिको संयोजकमा रामचन्द (आरसी) सापकोटा र सहसंयोजकमा महेन्द्र घिमिरे हुनुहुन्छ। समितिले समन्वय गर्दै बाँकी सदस्यहरुको पूर्णता गर्दै जानेछ। उपरान्त सदस्यता खुला गर्ने र राष्ट्रिय महाधिवेशनको तयारी गर्दै नयाँ नेतृत्व चयन समेत गर्नेछ।

    समितिलाई संघले मान्यता प्रदान गरिसकेको छ। अब समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद्बीच एक छुटै सम्झौता पत्रमा हस्ताक्षर गरिने संघको सचिवालयले हिमालीसंचारलाई बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...