News Portal

  • एनआरएनएको एकता नहुने, अगष्ट १२ को बिशेष साधारण सभा नगर्ने निर्णय

    हिमालीसंचार संवाददाता
    २९२ पटक

    काठमाडौं। गैरआवासीय नेपाली संघको अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा अगष्ट ८, २०२३ मंगलबार जुममा बसेको १६ औं अन्तराष्ट्रिय परिषद बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गर्दै निर्णय गरेको छ।

    संघको महसचिव जानकी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईए अनुसार निम्न निर्णयहरु गरिएको छ:-

    १) एकताको ११ औं महाधिवेशनबारे
    गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन एकताको रुपमा गर्न कार्यदल नै बनाएर अर्को पक्षसँग थुप्रै संवाद भए र गरियो। दुवै पक्षका कार्यकारीहरुको संयुक्त बैठक समेत बसेर गरेका ७ वटा निर्णयहरु, प्रधानमन्त्री समक्ष एकताको लागि गरीएको हस्ताक्षर समेतलाइ कार्यान्वयन अर्को पक्षबाट कुनै काम भएन। एनसीसीहरुको महाधिवेशनदेखि अन्य सबै कुरामा पनि अर्को पक्षले कार्यान्वयन गरेन। निर्णय नगर्ने, फेसबुक र अनौपचारिक कुरामा गफ दिने काम मात्र भयो। अब एकताको लागि संवाद गर्नुको कुनै औचित्य नभएकाले संवादको प्रयास तत्काल बन्द गर्ने निर्णय गरिएको छ।

    २) बिशेष साधारण सभाबारे
    संघको एकताको लागि आगामी अगष्ट १२ मा गर्ने भनिएको बिशेष साधारण सभा एजेन्डा र औचित्य दुवै नभएकाले तत्काल नगर्न निर्णय गरिएको छ।

    ३) सदस्यता र राष्ट्रिय महाधिवेशनबारे
    गैरआवासीय नेपाली संघको २०२३-२०२५ अबधिको लागि पंजीकृत सदस्यता अगष्ट २०२३ सम्म खुला रहने। राष्ट्रिय महाधिवेशन जुलाई देखि सेप्टेम्बर २०२३ सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशन सम्पन्न भएका देशले उपरान्त खुला गरेर वितरण गरेका पंजीकृत सदस्यता अर्को कार्यकालको लागि हुनेछ।

    ४) राष्ट्रिय महाधिवेशन र अन्तराष्ट्रिय
    महाधिवेशनको मिति, निर्वाचन समिति, निर्वाचन लगायतका बिषयमा निर्णय पदाधिकारी बैठकले गर्ने निर्णय गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...