News Portal

एनआरएनएको एकता नहुने, अगष्ट १२ को बिशेष साधारण सभा नगर्ने निर्णय

हिमालीसंचार संवाददाता
३६७ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघको अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा अगष्ट ८, २०२३ मंगलबार जुममा बसेको १६ औं अन्तराष्ट्रिय परिषद बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गर्दै निर्णय गरेको छ।

संघको महसचिव जानकी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईए अनुसार निम्न निर्णयहरु गरिएको छ:-

१) एकताको ११ औं महाधिवेशनबारे
गैरआवासीय नेपाली संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन एकताको रुपमा गर्न कार्यदल नै बनाएर अर्को पक्षसँग थुप्रै संवाद भए र गरियो। दुवै पक्षका कार्यकारीहरुको संयुक्त बैठक समेत बसेर गरेका ७ वटा निर्णयहरु, प्रधानमन्त्री समक्ष एकताको लागि गरीएको हस्ताक्षर समेतलाइ कार्यान्वयन अर्को पक्षबाट कुनै काम भएन। एनसीसीहरुको महाधिवेशनदेखि अन्य सबै कुरामा पनि अर्को पक्षले कार्यान्वयन गरेन। निर्णय नगर्ने, फेसबुक र अनौपचारिक कुरामा गफ दिने काम मात्र भयो। अब एकताको लागि संवाद गर्नुको कुनै औचित्य नभएकाले संवादको प्रयास तत्काल बन्द गर्ने निर्णय गरिएको छ।

२) बिशेष साधारण सभाबारे
संघको एकताको लागि आगामी अगष्ट १२ मा गर्ने भनिएको बिशेष साधारण सभा एजेन्डा र औचित्य दुवै नभएकाले तत्काल नगर्न निर्णय गरिएको छ।

३) सदस्यता र राष्ट्रिय महाधिवेशनबारे
गैरआवासीय नेपाली संघको २०२३-२०२५ अबधिको लागि पंजीकृत सदस्यता अगष्ट २०२३ सम्म खुला रहने। राष्ट्रिय महाधिवेशन जुलाई देखि सेप्टेम्बर २०२३ सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशन सम्पन्न भएका देशले उपरान्त खुला गरेर वितरण गरेका पंजीकृत सदस्यता अर्को कार्यकालको लागि हुनेछ।

४) राष्ट्रिय महाधिवेशन र अन्तराष्ट्रिय
महाधिवेशनको मिति, निर्वाचन समिति, निर्वाचन लगायतका बिषयमा निर्णय पदाधिकारी बैठकले गर्ने निर्णय गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...