News Portal

सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउने सरकारको तयारी

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं – विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। सामाजिक संजाल फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिए ।

नेपालको कर प्रणालीमा दर्ता भएका सामाजिक सञ्जाल अब विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने उनले उल्लेख गरे । सरकारले संशोधनसहित कार्यान्वयनमा ल्याएको विज्ञापन नियमावलीका विशेषताबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमावलीले मुलुकको विज्ञापन बजारलाई पारदर्शी बनाउनुका साथै विज्ञापन क्षेत्रमा देखिएको चुहावट नियन्त्रण हुन तथा विज्ञापन एजेन्सी र कर्मचारीबिचको मिलेमतो तोडिने विश्वास व्यक्त गरे । 

विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो। यससँगै विज्ञापन क्षेत्रका विकृति न्यूनीकरण हुने विश्वास गरिएको छ। विज्ञापनमा देखिएको चुहावट नियन्त्रण गर्नु नै यस नियमावलीको मुख्य उद्देश्य रहेको समेत उनले उल्लेख गरे । तीन वटै तहका सरकारले विज्ञापनमा वार्षिक पाँच अर्ब रुपियाँ खर्च गर्ने गरेको छ समेत उनले जानकारी दिए।  

नियमावली अनुसार अब विज्ञापन एजेन्सीले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...