News Portal

मोरङको रंगेली स्थित श्री पञ्चेश्वर मन्दिरमा ७२ घण्टे अष्टजाम हरी कीर्तन शुरु

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२८४ पटक

भाद्र-६ बुधबार/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित श्री पञ्चेश्वर नाथ महादेव मन्दिरमा ७२ घण्टे  हरे राम! हरे हरे कृष्ण!! अष्टजाम भजन कीर्तन बुधबारदेखि शुरु भएको छ । 

मन्दिर स्थापन कालदेखि नै शुरु भएको कीर्तन हरेक वर्षको श्रावण महिनामा पुजापाठ गरिदै आएता पनि यस बर्ष पुर्षोतम मास एक महिना भएको हुनाले उक्त भजन कीर्तन नभपछि पुर्षोतम मास सम्पन्न भएपछि भाद्र महिनामा उक्त अष्टजाम पुजा शुरु गरिएको मन्दिर समितिले जनाएको छ ।   

सोही क्रममा भाद्र महिनामा समेत सोमबार रंगेलीदेखि १० किलोमिटर पुर्वमा रहेको नुना बक्राखोलाको जल ल्याई उक्त जल रंगेली स्थित बिरभद्रेश्वर महादेव मन्दिर र पञ्चेश्वर नाथ मन्दिरमा जलअर्पण गर्ने सबै भक्तजनहरुमा समितिले विशेष आग्रह समेत गरिएको छ । 

अहिले हरे राम! हरेकृष्ण!! हरिकीर्तन दक्षिण पूर्वी  भेगमा रहेका भजन मण्डलीहरुद्वारा हरेराम! हरेकृष्ण!! प्रवचन भई रहेको छ। उक्त कीर्तन रंगेली, आमगाछी, टकुवा, गोविन्दपुर, डायनिया, दर्वेशा, सोराभाग, ववियाविर्ता, रंगेली लगायतका भक्त जनहरुको सहभागिता रहने गरेको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...