News Portal

  • कल्याणकारी नेपाली युवा समाज कुवेतको कल्याणकारी दोस्रो सांगीतिक धमाका हुँदै

    हिमालीसंचार संवाददाता
    ३५७ पटक

    कुबेत – हाम्रो एकता समाज सेवामाप्रतिबद्धता भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई कल्याणकारी दोस्रो सांगीतिक धमाका २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिए।

    नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले बताए। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडीका साथै सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघसंस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेको छ।

    कार्यक्रम : कल्याणकारी दोस्रो सांगीतिक धमाका
    मिति : ६ तारिक अक्टोबर २०२३ शुक्रबार
    स्थान : स्थान तया नभएको चाडै नै जानकारी गराउने
    समय : बिहान् ठिक ११ बजे
    आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...