News Portal

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: अमृत तामाङ

हिमालीसंचार संवाददाता
३७५ पटक

कुवेत सिटी – नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन १८ अगस्त शुक्रबारको दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा क्रियाशिलमा सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ। अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन्।

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रममा अमृत तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुबेतको द्वितीय सचिव श्रीकृष्ण सिलवाल प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, महासंघको संस्थापक संरक्षक-राजेन्द्र तामाङ, अतिथि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष एकराज मल्ल रहेका थिए।

त्यसैगरी कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो। महासंघका सदस्य रञ्जान गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रियगान पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थिए।

उपस्थित आगन्तुकहरुलाई उपाध्यक्ष- बलवहादुर काम्वाङले मन्तव्यद्वारा स्वागत गरेका थिए। शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि, नेपाली दूतावास कुवेतबाट पल्नु भएको द्वितीय सचिव श्रीकृष्ण सिलवाल, एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल, नेपाल मगर संघ कुवेत अध्क्षय बसन्त थापा मगर, तमु समाज कुबेतको बरिष्ट सल्लाहकार खोप गुरुङ, गैरआवासिय नेपाली संघ कुबेतकी महिला उपअध्यक्ष रमिता योन्जनलगायतले  शुभकामना मन्तव्य राखेका थिए।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत, नेवा गुठी कुबेत लगायतले आ-आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक प्रस्तुतिहरुको साथ २९औं विश्व आदिवासी दिवस भव्य रुपले मनाए।

दोस्रो चरणको चौथो अधिवेशन कार्यक्रमलाई सरल, सहज र निपक्ष तरिकाले सम्पन्न पार्न एनआरएनए आईसीसी सदस्य हरी लावतीको प्रमुखतमा नेपाल तामाङ घेदुङ कुबेतका सल्लाहकार केशर घलान, मगर सँघ शाखा कुवेतकी उपाध्य्क्षय नानु राना मगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो।

निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै, निर्वाचित समितिले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो।

महासंघको चौथो अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ:-

संरक्षक तथा सल्लाहकार समिति संरक्षक अमित चाम्लिङ राई, संरक्षक राजेन्द्र तामाङ, सल्लाहाकार मनु मगर, सल्लाहकार खोप ब.गुरुङ, सल्लाहाकार राम लामा, सल्लाहकार बसन्त थापा मगर, सल्लाहकार अरुण लिम्बु, सल्लाहकार दुर्गा चेम्जोङ, सल्लाहकार हरी लावती, सल्लाहकार उमेश राई, सल्लाहकार रमिता योन्जन रहेका छन्।

कार्यकारिणी समितिमा अध्यक्ष अमृत तमाङ, बरिष्ट उपाध्यक्ष  वल वहादुर काम्वाङ, उपाध्यक्ष लाल वहादुर सुनुवार, उपाध्यक्ष मोहन नाछिरिङ राई, महिला उपाध्यक्ष महिला उपाध्यक्ष नम्रता थापा मगर, महासचिव राजु गुरुङ, सचिव अमित किराती लिम्बु, सचिव भुमी राज राई, कोषाध्यक्ष माया चाम्लिङ राई, सहकोषाध्यक्ष तुला (सन्ध्या) राना मगर, सदस्य हर्क मोक्तान, सदस्य रोसन राई, सदस्य भक्तराम सुनुवार, सदस्य सविन दुमी राई, सदस्य रन्जाना गुरुङ, सदस्य नानु माया राना मगर, सदस्य प्रदिप केरुङ लिम्बु , सदस्य डम्बर मोक्तान, सदस्य मोहन कुमार राई, सदस्य जुन याङदेम्बा नेम्बाङ, सदस्य आयुर घले, सदस्य रेश्मा लामा, सदस्य नगेन्द्र खजुम लिम्बु, सदस्य अरुण चाम्लिङ, सदस्य शान्ती सुनुवार, सदस्य बुम्बा लो तामाङ, सदस्य ईग खापुङ लिम्बु, सदस्य युवराज राई, सदस्य रबिना तुलाधर रहेका छन्।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत तमाङले सवैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघसंस्थाहरुका सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै अध्यक्ष तामाङले कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...