News Portal

गायक पुर्ण लिम्बु र मिलन नेवारको संखुवासभा चिनाउने गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६८ पटक

काठमाडौं – पूर्वको संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट थप प्रस्ट गर्ने उदेश्य सहित गायक पूर्ण लिम्बु र गायिका मिलन नेवारको युगल आवाजमा म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

संखुवासभा सोसाइटी बेलायतको लगानिमा निर्माण गरिएको म्युजिक भिडियो ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ बोलको उक्त म्युजिक भिडियो यहि शनिबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । पूर्वको सुन्दर नगरी संखुवासभा जिल्लाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढंगले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको गीतकार पुर्ण लिम्बुले जानकारी दिए ।

यहि श्रावण २७ गते बेलायत र संखुवासभामा एकसाथ कार्यक्रमका आयोजना गरेर उक्त म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको समेत गीतकार तथा समाजसेवी लिम्बुले जानकारी दिए। यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका समयमा पनि निकै मेहनत गर्नु परेको उनको भनाइ छ । सार्वजनिक गीतमा सुनिएका आवाज र देखिएका कलाकारहरु स्थानीय  हुन्। 

सार्वजनिक गीतका संगीतकार प्रेम कृष्ण बजगाई गरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ । यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ । 

सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका हुन् । कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरका कलाकारहरुले कोरस डान्स गरेका हुन्। 

म्युजिक भिडियो यहा हेर्नुस्

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...