News Portal

चितवन सेवा समाज कुवेतले ८ डिसेम्बरमा सांगीतिक धमाका गर्ने

हिमालीसंचार संवाददाता
३५० पटक

कुवेत– चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ०८ डिसेम्बर २०२३ मा हुने भएको छ ।

चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकार लिएर चारौँ चितवन सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष जीवन कुमार बिकले जानकारी दिएका छन । नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष सुनारले बताए ।

कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ  स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।

कार्यक्रम हुने मिति , स्थान र समय
मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार
स्थान- – तय नभएको
समय- तय नभएको

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...