आज : २०२६-०७-२८, मङ्गलबार

=== गजल ===

– अम्बिका अधिकारी

दैवले बनायाे मलाई मनको काराबासी
बिताइ रहेको छु दिन न बाेली न हाँसी

लाग्छ बाटाे भुलि भुमरी मा परेकि छु
यौवन र त्यो तिम्रो चाहत बन्याे फाँसी

गाेरेटाे मा झाडी उम्रला फर्कदा डुलेर
धनको लोभ पराइ मुलुक बन्यौ दासी

हेर त छताछुल्ल छ मुटुकाे टुक्रा पनि
सम्हाल्नु तिमी हुनुपर्ला कतै त प्यासि

प्यारा लछारी नगइदिएको भए हुन्थ्यो
नबल्दै मायाको दियो जाने भए कासी।।