News Portal

नाटकीय रुपमा राजापाक्षे प्रधानमन्त्री बनेको भोलिपल्टै श्रीलङ्कामा अर्को हलचल

हिमाली संचार संवाददाता
६२९ पटक

कोलम्बो – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गरेका छन् । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटनको भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन् ।

संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गरेको पुष्टी गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरिदिएका हुन् ।

विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टी गरेर देखाउने बताइरहेका थिए । उनले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आपूmलाई हटाउन नमिल्ने दावी पनि गरेका छन् ।

संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अब आर्थिक संकटसमेत आउन देखिएको छ ।

राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । सिरीसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाएका छन् ।

गएको राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति सिरीसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए । आफ्ना विरोधी र प्रतिश्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाएका छन् ।

आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हुँदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । विक्रमासिंघेको यूनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...