काठमाडौं – काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।
काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम चढेको बा३च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।