News Portal

हेटौंडामा २५ मिटर सडक बिस्तार गर्ने योजना केही समयलाई रोकियो

युवराज राई
३२२ पटक

मकवानपुर-मकवानपुरमा लामो समयबाट विवादको केन्द्रको रुपमा रहेको हेटौंडा सडक विस्तार कार्य साउन २९ सम्म पुनः रोकिएको छ। सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि सारेपछि विस्तारको विषय श्रावण २९ सम्मको लागि बहसको विषय मात्र बनेको हो।

सर्वोच्चले आइतबारका लागि पेशी तोक्दै सडक विस्तारमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । सर्वोच्चले गत साउन ८ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशले सडक विस्तार कार्य रोकिँदै आएको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सकिएको छ । डिभिजनले साउन १६ बाट बिस्तार अभियान सुरु गर्ने भन्दै ६० वटा डोजर सहितका सामग्री तयारी अवस्थामा रहेको जनाएको थियो ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...