News Portal

कुवेतमा अलपत्र दुर्गी कुमारी खत्रीको शव एनआरएनए कुवेतको पहलमा नेपाल पठाउने तयारी

हिमालीसंचार संवाददाता
५७७ पटक

कुवेत – घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकी दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आईकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाई सङै संसार नै छाडेर गइन।

उनी श्रम नगरी कुवेत आएको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा नै अलपत्र परेको थियो। उनको शव अलपत्र परेको कुरा नेपाली दूतावासले गैर आवासीय नेपाली संघ कुवेतलाइ खवर गरेपछी गैर आवासीय नेपाली संघ कुवेतकै पहलमा अन्य १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर नेपाल पठाउने भएको छ।

गैर आवासीय नेपाली संघ ५१ केडी वैदेशिक रोजगार सरोकार समाज ५१ केडी तीन किराँती संस्था किरात राई यायोक्खा, किरात यक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज ५१ केडी, कल्याणकारी नेपालि युवा समाज २५ केडी, सुदुर पश्चिम सेवा समाज २५ ,केडी सिन्धुपाल्चोक सेवा समाज ५० केडी, निरेम ग्रुप अप कम्पनि २५ केडी, नेपाल तामाङ घेदुङ ३२ केडी, लुम्विनी समाज २५, चितवन सेवा समाज २५ केडी र एनआरएनएका उपाध्यक्ष बिकास सिंह ठकुरीले व्यक्तिगत रुपमा २५ केडी संकलन गरि हिजो गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामा, वरिष्ठ उपाध्यक्ष होमनाथ गिरि र सचिव विजय धामिले नेपाली दूतावासलाई शव पठाउन लाग्ने ३८५ केडि रकम हस्तान्तरण गरेका छन।

करिव ८ बर्ष देखि नेपाल सरकारले कुवेत तथा खाडी मुलुकमा नेपालीहरुलाई घरेलु कामदारको रुपमा काममा जान बन्द गरिएको छ। नेपाल सरकारको श्रम तथा रोजगार ऐन अनुसार श्रम नगरी वैदेशिक रोजगारिमा जानु गैरकानूनी हुने र त्यस्ता कामदारले नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा नपाउने उल्लेख छ। श्रम गरेर कुवेत तथा अन्य मुलुकमा पुगेका नेपालीहरुको आत्माहत्या बाहेक अन्य कुनै कारण मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले शव नेपाल झिकाउने तथा मृतक परिवारलाई कहेतिपुर्ती स्वरुप इन्सुरेन्स दिलाउँदै आएको छ।

दुर्गी कुमारी खत्रीको सन्दर्भमा पनि श्रम नगरी गैरकानूनी रुपमा कुवेत आएको र मृत्यु भएको कारण उनको शव अलपत्र परेको थियो। उनको परिवारले नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड्को सचिवालयबाट कुनै पनि किसिमको क्षेतिपुर्ती वा इन्सुरेन्स पाउने छैन। उनको शव केही दिनभित्र नै नेपाल पुग्ने गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले बताएका छन।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...