News Portal

कुवेतमा अलपत्र दुर्गी कुमारी खत्रीको शव एनआरएनए कुवेतको पहलमा नेपाल पठाउने तयारी

हिमालीसंचार संवाददाता
५६१ पटक

कुवेत – घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकी दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आईकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाई सङै संसार नै छाडेर गइन।

उनी श्रम नगरी कुवेत आएको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा नै अलपत्र परेको थियो। उनको शव अलपत्र परेको कुरा नेपाली दूतावासले गैर आवासीय नेपाली संघ कुवेतलाइ खवर गरेपछी गैर आवासीय नेपाली संघ कुवेतकै पहलमा अन्य १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर नेपाल पठाउने भएको छ।

गैर आवासीय नेपाली संघ ५१ केडी वैदेशिक रोजगार सरोकार समाज ५१ केडी तीन किराँती संस्था किरात राई यायोक्खा, किरात यक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज ५१ केडी, कल्याणकारी नेपालि युवा समाज २५ केडी, सुदुर पश्चिम सेवा समाज २५ ,केडी सिन्धुपाल्चोक सेवा समाज ५० केडी, निरेम ग्रुप अप कम्पनि २५ केडी, नेपाल तामाङ घेदुङ ३२ केडी, लुम्विनी समाज २५, चितवन सेवा समाज २५ केडी र एनआरएनएका उपाध्यक्ष बिकास सिंह ठकुरीले व्यक्तिगत रुपमा २५ केडी संकलन गरि हिजो गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामा, वरिष्ठ उपाध्यक्ष होमनाथ गिरि र सचिव विजय धामिले नेपाली दूतावासलाई शव पठाउन लाग्ने ३८५ केडि रकम हस्तान्तरण गरेका छन।

करिव ८ बर्ष देखि नेपाल सरकारले कुवेत तथा खाडी मुलुकमा नेपालीहरुलाई घरेलु कामदारको रुपमा काममा जान बन्द गरिएको छ। नेपाल सरकारको श्रम तथा रोजगार ऐन अनुसार श्रम नगरी वैदेशिक रोजगारिमा जानु गैरकानूनी हुने र त्यस्ता कामदारले नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा नपाउने उल्लेख छ। श्रम गरेर कुवेत तथा अन्य मुलुकमा पुगेका नेपालीहरुको आत्माहत्या बाहेक अन्य कुनै कारण मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले शव नेपाल झिकाउने तथा मृतक परिवारलाई कहेतिपुर्ती स्वरुप इन्सुरेन्स दिलाउँदै आएको छ।

दुर्गी कुमारी खत्रीको सन्दर्भमा पनि श्रम नगरी गैरकानूनी रुपमा कुवेत आएको र मृत्यु भएको कारण उनको शव अलपत्र परेको थियो। उनको परिवारले नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड्को सचिवालयबाट कुनै पनि किसिमको क्षेतिपुर्ती वा इन्सुरेन्स पाउने छैन। उनको शव केही दिनभित्र नै नेपाल पुग्ने गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले बताएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...