News Portal

राष्ट्रपति भण्डारी कतार भ्रमणमा जाँदै, यस्तो छ कार्यक्रम तालिका

हिमाली संचार संवाददाता
५२५ पटक

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् ।

कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् ।
यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।
भण्डारीकात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...