News Portal

एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्वाचित

प्रथम, द्वितिय उपाध्यक्षमा थापा र खड्का, महासचिवमा अमृत गुरुङ निर्विरोध

हिमालीसंचार संवाददाता
८३६ पटक

मकाउ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनद्वारा आगामी कार्यकाल २०२३-०२५ का लागी अध्यक्षमा भिमशेन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उहाँको नेतृत्व तथा अध्यक्षता रहने गरी उक्त समितीको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितिय उपाध्यक्ष निरञ्जन खड्का, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्विरोध निर्वाचित हुनुभएको छ।

महासचिवमा अमृत गुरुङ, सचिवद्धयमा रविन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दिपक तामाङ, सह-कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजकमा सञ्जु नगरकोटी निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा क्रमशः सचिन कपाली, दिलिप खड्का, हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ, डिल्ली बहादुर खड्का, सम्झना भुसाल, अमृत ​​गौतम, सन्तोष रिजाल र सुमन तामाङ निर्वाचित भए।

शुक्रवार भएको अधिवेसनमा प्रमुख निर्वाचन आयुक्त युवराज न्यौपानेले श्रेष्ठ नेतृत्वको कार्यसमितीलाई निर्विरोध घोषणा गर्नुभएको थियो। नेपाली महावाणिज्य दुतावास हङकङ मकाउँका वाणिज्यदुत उदयबहादुर राना मगरले अधिवेशनको उद्‌घाटन गर्नुभएको थियो।

साथै उहाँले मकाउँमा नेपालको पर्यटनमा प्रर्बद्धन र समस्त गैर-आवासीय नेपालीहरु एक-आपसमा मिलेर एक ढिक्का भई अगाडी बढ्नेमा जोड दिनुपर्ने बताउनुभयो।

एनआरएनए मकाउँका संरक्षक तथा Brotherhood Association Macau का President बम लिम्बु, एनआरएनए मकाउँका संरक्षक तथा सल्लाहकार  बिकेन जोशी, एनआरएनए मकाउँका संरक्षक तथा Macau Nepalese Bodybuilding & Fitness Association का President Kingston Baba (Lei wai san) श्रीजन, एनआरएनए अभियान्ता तथा Laligurans Association Hongkong का President चेतन गुरुङ, Vice – President बिशाल गुरुङ, NRNA-ICC महिला सचिव टिका गुरुङ, एनआरएनए एशिया प्याशिफिक महिला संयोजक तथा एनआरएनए मकाउँका पूर्वअध्यक्ष शान्तीदेवी अधिकारीलगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा व्यक्तित्वहरुले नव-निर्वाचित एनआरएनए मकाउको नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...