News Portal

नेसपा समाजबादीले पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) राख्न गऱ्यो प्रस्ताव

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौँ – डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपा (समाजबादीका) अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो ।

‘माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले जेठमै लिखित प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘हामीले औपचारिक रूपमा एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव गरेका हौं।’ माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव दिएको यादवले बताए । 

‘एकीकरणपछि अहिलेको चुनाव चिह्न फेरौं तर झण्डा भने कायम राखौं भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने । नेसपाले माओवादी केन्द्रलाई पठाएको लिखित प्रस्तावका विषयमा माओवादी केन्द्रबाट अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...