News Portal

कुवेत, फ्रान्स र यूएईसहित ६ देशका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौं। सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो।

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिहरुको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिनुभयो।

उहाँले समितिको निर्णयअनुसार आजको मितिबाट लागू हुनेगरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यामबाट सूचना प्रकाशित गर्ने बताउनुभयो।

सचिव गिरीले भन्नुभयो, ‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदूतहरुको सुनुवाइ प्रक्रिया आजबाट प्रारम्भ भएको छ। खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदूत गरेर ६ जनाको सिफारिस भएको छ।

उहाँहरुको सुनवाइ प्रक्रियालाई अगाडि बढाउन यहाँहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा प्रष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र समितिमा सूचना उपलब्ध गराउन सूचना प्रकाशित गराउने भनेर यो सूचना पनि प्रकाशित हुन्छ। साथै प्रक्रिया प्रारम्भ भएको छ।’

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...