News Portal

स्वास्थ्यमन्त्री बस्नेत र राजदूतद्वारा एनआरएनए युकेको कार्यक्रम वहिष्कार

हिमालीसंचार संवाददाता
३३६ पटक

लन्डन। एनआरएनए युकेको सुनिलबाबु खड्का समूहले आइतबार अल्डरसटमा गरेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथी बोलाइएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवैधानिक संस्थामा सहभागी हुन आफ्नो विवेकले नदिने भन्दै वहिष्कार गरिदिएका हुन्। विशेष अतिथी भनेर निम्त्याइएका राजदूत ज्ञानचन्द्र आचार्य पनि उक्त कार्यक्रममा गएनन्।

एनआरएनए अध्यक्ष कुल आचार्यले कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री बस्नेतसंग रोइकराइ गरेपनि मन्त्री बस्नेत कार्यक्रममा अनुपस्थित रहे। ‘म आफैं पनि जनताबाट अनुमोदित भएर आएको मान्छे हुं। मलाई टिके प्रथामा पटक्कै विश्वास छैन्’, मन्त्रीको भनाइ उधृत गर्दै एक स्थानीय कांग्रेस नेताले भने, ‘मन्त्रीज्यू आउने भनेर निकै हल्ला गरिएको थियो। पोष्टर पम्पलेट छापेर पनि बांडियो तर उहां (मन्त्री) जान मान्नुभएन। मन्त्री र राजदूतले नै वहिष्कार गरेपछि कार्यक्रम झण्डै ३ घण्टा ढिला शुरु हुन पुग्यो।’

सुनिलबाबुको कार्यक्रममा नगएका मन्त्री बस्नेत सांझ भने अल्डरसटमै नेपाली जनसम्पर्क समिति बेलायतको कार्यक्रममा गएर अध्यक्ष प्रेम गाहामगरलाई ‘तपाईं आधिकारिक अध्यक्ष हो’ भन्दै सम्मान गरेका थिए। उक्त कार्यक्रममा मन्त्री बस्नेत प्रमुख अतिथी र गाहामगर विशेष अतिथीका रुपमा उपस्थित भएका थिए।

यसअघि बेलायतस्थित युवाहरुले जननिर्वाचित अध्यक्ष प्रेम गाहामगरबाहेक अन्य अवैधानिक समूहले गर्ने कार्यक्रममा मन्त्री वा राजदूत गए कालो झण्डा देखाइने चेतावनी दिएका थिए। मुठभेड हुने सम्भावना भएर पनि मन्त्री बस्नेत र राजदूत आचार्य कार्यक्रममा नगएको बुझिएको छ।

उपाध्यक्ष सुनिलबाबु खड्काले बन्द कोठाभित्र अध्यक्षको टिका लगाएपछि उनलाई नेपाली समुदायले कुनै पनि कार्यक्रममा निम्तो पठाउने गरेको छैन्।

उता, जनअनुमोदित अध्यक्ष प्रेम गाहामगरलाई भने सार्वजनिक कार्यक्रममा जान भ्याइनभ्याइ छ। उनले २२ जुलाईमा आधिकारिक महाधिवेशन गर्दैछन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...