News Portal

एनआरएनए जापानका अध्यक्षमा राज कुमार अधिकारीकाे उम्मेदवारी

हिमालीसंचार संवाददाता
७३२ पटक

जापान – जापानमाअध्यानरत बिध्यार्थीहरुले आरुबाइतो गर्दा कर तिर्न नपर्ने जस्ता महत्वपूर्ण योजना सहित राज कुमार अधिकारीले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा कर मिना भएमा १ बर्षमा ३ अर्ब भन्दा बडी नेपालीलाई फाइदा हुने दावि।

पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल – पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना प्रस्तुत गरे। साथै सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफुलाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताए। ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपालीलाई समस्या पर्दा अभिभावकको भूमिका निर्बाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुस हुने गरि काम गर्ने छु उनले भने।

कार्यक्रममा नेपाल बिध्यार्थीहरूले आरुबाइतो गर्दा कर तिर्न नपर्ने ब्यावस्था सहितको योजना ल्याउनु भएकोमा धन्यबाद दिदै प्रतीक कार्की ले जापानमा ३० हजार भन्दा बढी बिध्यार्थीले अध्यान गर्नुहुने र १ जना बिधार्थीले औसतमा मासिक १० हजार बढी कर तिर्दै आउनु भएकोले यो कार्यन्वयन भएमा मासिक ३० करोड अनी बार्षिक ३ अर्ब ६० करोड बचत हुने भएकोले धन्यबाद ब्यक्त गर्दै अरुबाइतो गर्दा कर तिर्न नपर्ने गरि कार्यान्वयन गर्ने कुरा जापानमा बस्ने सम्पूर्ण नेपालीहरुले बिस्वास गर्ने आधार के भनेर प्रश्न सोध्नु भएको थियो। प्रतिऊतरमा अधिकारीले जापानमा केही राष्ट्रहरुले गरि सकेको र मैले पनी यसको गहिरो अध्यान गरि सम्बन्धित निकाएमा पनी कुरा गरि सकेको कारण विस्वस्त भइ बिजय गराइदिनु हुन सम्पूर्ण जापान बासी नेपालीहरु माझ आग्रह पनी गर्नु भएको थियो।

यस अघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दिपक कार्की पनि उठने चर्चा चले पनि उहाले मलाई सहयोग गर्ने बताउनु भएको छ। हामी एकजुट भएर अघि बढ्ने छौं अधिकारीले भने। लगतै दिपक कार्की ले पनि राजकुमार अधिकारीलाई अध्यक्ष बनाउन आफु पनि लागि पर्ने उद्‌घोष गरे। पत्रकार सम्मेलनमा एनआरएनए अभियानमा लागेकाहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनएले आफ्नो लक्ष्य अनुसार गन्तव्य पच्छाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए।

कार्यक्रममा एनआएनए आईसिसि सदस्य दिपक कार्की , एनआरएनए जापानका सचिव श्याम शितल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल , पूर्व सचिव बिष्णु प्रसाद घिमिरे , पूर्व प्रवक्ता सन्देश पोखरेल ,पूर्व कार्य समिति सदस्य एवं गुल्मी समाज जापानका उपाध्यक्ष बाबुराम खरेल एनआएनए नायोयाका संयोजक मनोज बम मल्ल , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवं नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने ,दर्शन समाज जापानका संरक्षक सुरज मल्ल ,प्रबासी नेपाली मञ्च नागोयाका अध्यक्ष नरेश राई प्रवासी नेपाली सम्पर्क विभाग (चुबु) सभापति हरि श्रेष्ठ , दर्शन समाज नागोयाकी महिला संयोजक बिमला हमाल लगाएत अध्यक्षका उमेदवार राजकुमार अधिकारीलाई  शुभकामना दिए।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...