News Portal

राष्ट्रिय वाणिज्य बैंकको सुर्खेतको छिन्चुसहित देशभर ११ वटा शाखा विस्तार

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ।

बैंकले सिरहास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरामा कारोबार शुभारम्भ गरेको हो।

त्यस्तै, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार शुभारम्भ गरिएको छ।

यस पश्चात राष्ट्रिय वाणिज्य बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...