News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतको छैटौं वार्षिकोत्सव तथा साँगितिक धमाका भव्यरुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
४२६ पटक

जिलिब, कुवेत। ‘आपसी एकता हाम्रो उद्देश्य समृद्धि समाज निर्माण हाम्रो लक्ष्य’ भन्ने मूल नाराको साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट रसुवा धादिङ समाज कुवेतको छैटौं वार्षिकोत्सव तथा सांगीतिक धमका भव्यरुपमा सम्पन्न भएको छ।

कुवेतमा आयोजना गरीने कुनैपनि संघसंस्थाले कार्यक्रमको समय तालिका अनुसार हुने गरेका छैनन्। समयको महत्व के हो बुझ्न नसकेको आभास हुने गर्दछ, उक्त कार्यक्रम पनि हिजो शुक्रबार बिहान ११ बजेबाट भनेपनि झण्डै २ बजेबाट मात्रै कार्यक्रम सुरु भएको थियो।

नुवाकोट धादिङ रसुवा समाज कुवेतको अध्यक्ष फुर्पा मोक्तानकाे सभापतित्वमा सम्पन्न नेपाली दुताबास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यता रहेको थियो भने, एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल र जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

त्यसैगरी अतिथिमा कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार कलाकारलगायत रहेका थिए। एक कुशल कार्यक्रम संचालक तथा मिठो स्वरका धनी अलमुल्ला एक्सचेन्ज कुवेतका मार्केटिङ मेनेजर भुबन सुवेदी र राकेश मनाङथेनले कार्यक्रम संचालन गरेका थिए।

राष्ट्रिय गान पश्चात सभापति, प्रमुख अतिथि र बिशेष अतिथिलगायतले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएकाे थियो। नुवाकोट धादिङ रसुवा समाज कुवेतका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छिरिङ तामाङले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

केही समयको ज्ञापपछि कुवेतमा सांस्कृतिक कार्यक्रम भएको हुनाले कार्यक्रम हल भरिभराउ नै भएको थियो। स्थानीय तथा नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक टंक तिमिल्सिना, म्हेन्दोमाया गायक किर्ती तामाङ, म्हेन्दोमाया गायक सुमन घलेले दर्शकहरुलाई छमछमी नचाएका थिए।

नुवाकोट धादिङ रसुवा समाज कुवेतको छैटौं वार्षिक उत्सव तथा साँगितिक धमाकाकाे मुख्य प्रायोजक अलमुल्ला एक्सचेन्ज कुवेतले गरेकाे थियोे। स्थानीय तथा नेपालबाट आमन्त्रित चर्चित कलाकार, सहयोगी संस्था तथा प्रायोजक अलमुल्ला एक्सचेन्जलाई सम्मान गरिएको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...