News Portal

  • समाचार लेखेको निहुँमा मकालुखबरकर्मीमाथि कुटपिट, प्रशासकीय अधिकृतको डिजाइनमा घटना

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    काठमाडौँ। मकालुखबरका मधेश प्रदेश संयोजक सिबेन्द्र रोहितामाथि कुटपिट भएको छ। सोमबार राति समाचार लेखेको निहुँमा प्रमुख प्रशासकीय अधिकृतको डिजाइनमा रोहितामाथि कुटपिट भएको हो।

    यही असार २३ गते शनिबार ‘धनौजी गाउँपालिका : हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा’ शीर्षकमा ‘पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर काम गर्दै हाकिम’ उपशीर्षकको समाचार मकालुखबरकर्मी सिबेन्द्र रोहिताको ‘बाइलाइन’ प्रकाशित भएको थियो। यसरी पालिकामा भएको अनियमितता तथा बेथितिविरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवको डिजाइनमा पत्रकार रोहितामाथि कुटपिट भएको हो।

    अधिकृत यादवले आफ्ना भाइ तथा गुन्डाहरू परिचालन गरी रोहितालाई निर्घात कुटपिट गरेका हुन्। २४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्तबजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहितामाथि आक्रमण गरेका हुन्। पत्रकारमाथि आक्रमण भइरहेको देखेपछि स्थानीयले प्रतिकार गर्दै आक्रमणकारीलाई लखेटेका थिए। त्यसपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका थिए।

    उक्त गाडी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको बुझिएको छ। गाडीमा हातहतियारसहित पत्रकार रोहिताको ज्यान मार्ने उद्देश्यले आएको स्थानीयले बताएका छन्। आक्रमण गर्नेहरूमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरूलाई आफूले चिनेको पत्रकार रोहिताले बताए। प्रहरीले उल्टै आक्रमणकारीहरूलाई सहयोग गरेको पत्रकार रोहिताको आरोप छ।

    हतियारसहित आएका आक्रमणकारीहरूलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पत्रकार रोहिताको भनाइ छ। आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ।

    यता धनुषा प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ। प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले दुवैतर्फ घाइते भएको बताए। ‘प्रारम्भिक जानकारीअनुसार दुवैतर्फ घाइते भएको कुरा छ,’ उनले भने, ‘पत्रकार पक्षसँग कुरा हुन पाएको छैन,’ ‘अधिकृत मुछिएकाको तर्कको भनाईअनुसार साथी साथी बिच विवाद हुँदा हात हालाहाल भएको हो ।’

    घटनाको अनुसन्धानका लागि सिसिटिभी फुटेज मगाइएको छ। पत्रकार रोहिता काठमाडौँ (ललितपुरको एक अस्पताल)मा उपचार गराइरहेकाले कुरा हुन नपाएको एसपी खड्काले बताए। ‘घटना जुनसुकै निहुँमा भएको भएपनि दोषीलाई कारबाही हुन्छ, मैले ललितपुर प्रहरीसँग समन्वय गरिरहेको छु। दुवै पक्षको कुरा पनि सुनिन्छ,’ उनले भने, ‘वास्तविक कुरा पत्ता लगाएर दोषीमाथि आवश्यक कारबाही त हुन्छ नै।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...