काठमाडौंका मेयर बालेन शाहलाई धरानका मेयर हर्क साम्पाङको साथ

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्कराज राई “साम्पाहाङ”ले सपोर्ट गरेका छन्। आदिपुरुष चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयर साम्पाङले सपोर्ट गरेका हुन्।
आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि काठमाडौका मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको बताउदै ट्वीट गरेको थिए ।
मेयर शाहले ट्वीट गरेका छन्; “आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, “र, आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको।”
मेयर शाहको ट्वीट पश्चात धरानका मेयर साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ आफू साथमा रहेको बताए छन्। मेयर साम्पाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं।’ सपोर्ट गरेका छन्। 















