News Portal

जनकपुरधामका वडाध्यक्षले विद्यालयको भवन भत्काएपछि सडकमै पढे विद्यार्थी

६५७ पटक

शैलेन्द्र महतो
धनुषा : सडक विस्तारको क्रममा वडाध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका छन् । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोधस्वरुप सडकमै बसेर पढेका हुन् ।

गएको वैशाख महिनाको पहिलो साता वडा नं. २१ का वडाध्यक्ष प्रमेश्वर महासेठले सडक विस्तारको क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल रातिको समयमा डोजर लगाएर भत्कााउनु भएको थियो । ६ वटा कक्षाकोठा पर्खाल र विद्यालयको वाल भत्काएपछि त्यस विद्यालयमा अध्ययनरत्त ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाँधुलो खाएर पढ्न बाध्य छन् ।

विद्यालयको उत्तरछेउ टाँसिएरै रहेको तर्फको जनकपुर लोहरपट्टी सडकखण्ड अतिव्यस्त सडक भएकाले त्यस सडकबाट आवतजावत गर्ने सवारीसाधनको गुड्दा उड्ने धुलो र ध्वनी प्रदुषणले विद्यार्थी र शिक्षको स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ । विद्यालयको भवन र पर्खाल भत्काएदेखि धुलो र ध्वनी प्रदुषणले पठनपाठनमा निकै समस्या भइरहेको विद्यार्थीहरुको भनाई छ ।

विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढेका छन् । विद्यार्थीहरु सडकमै बसेर पढ्दा आवतजावत पूर्ण रुपमा ठप्प भएको थियो ।

विद्यालयको ६ वटा कक्षाकोठा भत्काएपछि कक्षाकोठाको अभावमा गर्मीमा जसोतसो बाहिर राखेर पढाए पनि अब जाडोमा समस्या हुने विद्यार्थीको गुनासो रहेको छ ।  विद्यार्थीले जाडोमा पढ्न समस्या हुने बताएपछि विद्यार्थीको दबाबमा नै सांकेतिक विरोधस्वरुप सडकमा पठनपाठन गराएको प्रअ वीरेन्द्र कुमार यादवले बताउनुभयो ।

विद्यालयको कक्षाकोठा भवनको पर्खाल र वाल भत्काएर वडाध्यक्ष महासेठले सडकमै उत्तरतर्फ वडा कार्यालय निर्माण गरेपछि कुर्थावासीसमेत आक्रोशित भएका छन् । उनीहरुले वडाध्यक्ष महासेठको चर्को आलोचना गर्दै आएका छन् भने गएको कार्तिक ४ गते जनकपुरमा वडाध्यक्ष महासेठ, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरुद्धमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए । हामीले यो खबर उज्यालोबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...