News Portal

  • जनकपुरधामका वडाध्यक्षले विद्यालयको भवन भत्काएपछि सडकमै पढे विद्यार्थी

    ५९४ पटक

    शैलेन्द्र महतो
    धनुषा : सडक विस्तारको क्रममा वडाध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका छन् । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोधस्वरुप सडकमै बसेर पढेका हुन् ।

    गएको वैशाख महिनाको पहिलो साता वडा नं. २१ का वडाध्यक्ष प्रमेश्वर महासेठले सडक विस्तारको क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल रातिको समयमा डोजर लगाएर भत्कााउनु भएको थियो । ६ वटा कक्षाकोठा पर्खाल र विद्यालयको वाल भत्काएपछि त्यस विद्यालयमा अध्ययनरत्त ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाँधुलो खाएर पढ्न बाध्य छन् ।

    विद्यालयको उत्तरछेउ टाँसिएरै रहेको तर्फको जनकपुर लोहरपट्टी सडकखण्ड अतिव्यस्त सडक भएकाले त्यस सडकबाट आवतजावत गर्ने सवारीसाधनको गुड्दा उड्ने धुलो र ध्वनी प्रदुषणले विद्यार्थी र शिक्षको स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ । विद्यालयको भवन र पर्खाल भत्काएदेखि धुलो र ध्वनी प्रदुषणले पठनपाठनमा निकै समस्या भइरहेको विद्यार्थीहरुको भनाई छ ।

    विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढेका छन् । विद्यार्थीहरु सडकमै बसेर पढ्दा आवतजावत पूर्ण रुपमा ठप्प भएको थियो ।

    विद्यालयको ६ वटा कक्षाकोठा भत्काएपछि कक्षाकोठाको अभावमा गर्मीमा जसोतसो बाहिर राखेर पढाए पनि अब जाडोमा समस्या हुने विद्यार्थीको गुनासो रहेको छ ।  विद्यार्थीले जाडोमा पढ्न समस्या हुने बताएपछि विद्यार्थीको दबाबमा नै सांकेतिक विरोधस्वरुप सडकमा पठनपाठन गराएको प्रअ वीरेन्द्र कुमार यादवले बताउनुभयो ।

    विद्यालयको कक्षाकोठा भवनको पर्खाल र वाल भत्काएर वडाध्यक्ष महासेठले सडकमै उत्तरतर्फ वडा कार्यालय निर्माण गरेपछि कुर्थावासीसमेत आक्रोशित भएका छन् । उनीहरुले वडाध्यक्ष महासेठको चर्को आलोचना गर्दै आएका छन् भने गएको कार्तिक ४ गते जनकपुरमा वडाध्यक्ष महासेठ, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरुद्धमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए । हामीले यो खबर उज्यालोबाट लिएका हौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...