News Portal

  • एनआरएनएको मध्यपूर्व सम्मेलनमा ओमानकै नेपाली किन भए असन्तुष्ट ?

    हिमालीसंचार संवाददाता
    २८० पटक

    ओमन – एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन विवादमा परेको छ। श्रमिकको हित प्रतिकूल रहेको भन्दै असन्तुष्टि चर्किएपछि सम्मेलन विवादित भएको थियाे।

    जसका कारण ओमनमा सकृय राजनीतिक दलका भातृ संगठन, जातीय संगठन र अन्य सामाजिक संघसंस्थाहरुले सम्मेलन बहिष्कार गर्दा श्रमिकको उपस्थिति अत्यन्त न्यून रहेको छ। एनआरएनएले ओमनका अन्य संघसंस्थालाई अपहेलना गरेको भन्दै आफूहरु कार्यक्रममा भाग नलिएको त्यहाँस्थित एक राजनीतिक भातृ संगठनका नेताले बताए।

    ´केही बोले पुलिस लगाइदिने धम्की आउँछ’, उनले भने, ‘केही समय पहिले धेरै बोलेको भनेर एनआरएनएका साथीहरुले दूतवासमा उजुरी नै गरे, अनि कसरी भाग लिनु ?´ ‘अनिवार्य सामाजिक सुरक्षा, सम्मानित बैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी, राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित हिजोदेखि शुरु भएको सम्मेलनमा श्रमिकसँग सम्बन्धित वैदेशिक रोजगारीबारे विभिन्न सेसनहरुमा छलफलको कार्यक्रमसमेत तय गरिएको छ।

    ओमनका श्रमिकहरु अनुपस्थित भएपछि आयोजकले स्वयंसेवकसमेत दुबईबाट आएका प्रतिनिधिहरुलाई खटाउनु परेको बताइएको छ। एनआरएनए ओमनले भने ‘कार्यक्रम आफूले नगरेको र केही जान्न मन लागे ५० डलर तिरेर भाग लिन पाउने’ भनेर पत्राचार गरेको थियो। ओमनका श्रमिकले ५० डलर तिर्नुपर्ने तर बाहिरका प्रतिनिधिहरुले भने नि:शुल्क उपस्थिति जनाउन पाउने प्रावधान रहेको पत्रमा जनाइएको छ।

    भव्य भनेर प्रचार गरिएको उक्त कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए। पूर्वउपप्रधान मन्त्री रघुवीर महासेठ, श्रम सचिव, बैदेशिक रोजगार बिभागका महाप्रबन्धक, सामाजिक सुरक्षा कोषका पदाधिकारीहरु र खाडी मुलुकका दूतावासका प्रतिनिधिहरुको सम्मेलनमा उपस्थिति रहेको छ।

    यो पनि पढ्नुहोस्।

    आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा सुरु, उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...