News Portal

१४ वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा समीर पक्राउ

हिमाली संचार संवाददाता
५६८ पटक

काठमाडौं : किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारिवारिक चिनजानसमेत रहेको किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए । तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिएका थिए ।

त्यसै आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ’ एक प्रहरी अधिकारीले भने । प्रहरीले युवकविरुद्ध करणी उद्योगसम्बन्धी मुद्वामा अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...