News Portal

१४ वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा समीर पक्राउ

हिमाली संचार संवाददाता
५९४ पटक

काठमाडौं : किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारिवारिक चिनजानसमेत रहेको किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए । तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिएका थिए ।

त्यसै आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ’ एक प्रहरी अधिकारीले भने । प्रहरीले युवकविरुद्ध करणी उद्योगसम्बन्धी मुद्वामा अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...