News Portal

बजेट बहुमतले पारित

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाण्डौं। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गरेका थिए।

सभामुख घिमिरले ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने ध्वनिमतका आधारमा घोषणा गरेका थिए, “हुन्छ भन्ने पक्षका माननीय सांसदको बहुमत देखिएकाले विनियोजन विधेयक, २०८० बहुमतले पारित भएको घोषणा गर्दछु।”

तर, त्यसमा नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गरेका थिए। उनी लगायत एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेका थिए।

त्यसपछि मत विभाजन गरिएको हो। बजेट पारित गरियोस् भन्ने पक्षमा बहुमत पुगेपछि सभामुख घिमिरले आगामी आर्थिक वर्षको बजेट पारित भएको घोषणा गरेका हुन्।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत दिए। प्रतिनिधि सभाको आजको बैठकमा २५५ सांसद उपस्थित थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...