News Portal

बजेट बहुमतले पारित

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौं। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गरेका थिए।

सभामुख घिमिरले ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने ध्वनिमतका आधारमा घोषणा गरेका थिए, “हुन्छ भन्ने पक्षका माननीय सांसदको बहुमत देखिएकाले विनियोजन विधेयक, २०८० बहुमतले पारित भएको घोषणा गर्दछु।”

तर, त्यसमा नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गरेका थिए। उनी लगायत एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेका थिए।

त्यसपछि मत विभाजन गरिएको हो। बजेट पारित गरियोस् भन्ने पक्षमा बहुमत पुगेपछि सभामुख घिमिरले आगामी आर्थिक वर्षको बजेट पारित भएको घोषणा गरेका हुन्।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत दिए। प्रतिनिधि सभाको आजको बैठकमा २५५ सांसद उपस्थित थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...