News Portal

  • गैर आवासीय नेपाली संघ कुवेतको आठौं राष्ट्रिय महाधिवेशनको तयारी

    हिमालीसंचार संवाददाता
    ३८२ पटक

    कुवेत– निर्वाचन समितिका प्रमुख आयुक्त सुजन केसीद्वारा हस्ताक्षर गरिएको प्रकाशित तेह्र बुँदे आचारसंहितामा कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्नेछ । कार्यसमितिमा रहेका पदहरुमा एक वा एकभन्दा बढीको उम्मेदवारी परेमा निर्वाचन समितिले बिधुतीय प्रविधी प्रयोग गरि प्रकृयामा गई निर्वाचन गराउने जनाएको छ ।

    उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुवेतको कानूनलाई सम्मान गर्दै कुनै पनि सञ्चारका माध्यम वा सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने, प्रचार प्रसार गर्ने जस्ता निर्वाचनलाई अतिरञ्जित गर्ने किसिमका व्यानर, फोटो वा नकारात्मक भनाइ लगायतका कृयाकलाप गर्न पाइने छैन । यदि कोही कसैले उपरोक्त निषेधित कृयाकलाप गरेको पाइएमा त्यस्ता व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनबाट बञ्चित गरिने जनाएको छ ।

    गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठौं राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता:

    १. महाधिवेशनमा भाग लिनको लागि एनसिसी कुवेतले जारी गरेको अनलाइन पञ्जिकृत सदस्य भएको हुनुपर्ने छ । परिचय पत्र आइडी नम्बर साथ कुवेतको आवासीय भिषा सिभिल आईडि वा मोवाइल आइडी आवासीय प्रमाण साथैमा हुनुपर्नेछ । यदी निर्वाचन समितिले मागेका प्रमाणहरु उपलब्ध गराउन नसकेको खण्डमा अधिवेशनमा भाग लिनबाट बञ्चित गराइनेछ ।

    २. कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्नेछ । कार्यसमितिमा रहेका पदहरुमाएक वा एकभन्दा बढीको उम्मेदवारी परेमा निर्वाचन समितिले बिधुतीय प्रविधी प्रयोग गरि प्रकृयामा गई निर्वाचन गराउने छ ।

    ३. कार्यसमितिमा उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुवेतको कानूनलाई सम्मान गर्दै कुनै पनि सञ्चारका माध्यम वा सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने, प्रचार प्रसार गर्ने जस्ता निर्वाचनलाई अतिरञ्जित गर्ने किसिमका व्यानर, फोटो वा नकारात्मक भनाइ लगायतका कृयाकलाप गर्न पाइने छैन । यदि कोही कसैले उपरोक्त निषेधित कृयाकलाप गरेको पाइएमा त्यस्ता व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनबाट बञ्चित गरिनेछ।

    ४. कुनै पनि उम्मेदवारका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिले उम्मेदवारी दिन पाउने छैन । साथै कुनै पनि उम्मेदवारले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने छैन ।प्रस्तावक वा समर्थकले उम्मेदवारी दिएको पाइएमा वा एक पदका लागि उम्मेदवार भएको व्यक्तिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको पाइएमा प्रस्तावक र समर्थक बस्ने उम्मेदवारको उम्मेदवारी स्वतः खारेज खारेज हुनेछ ।

    ५. कुनै पनि सदस्य तथा उम्मेदवारले कुवेतको कानून विपरीत व्यानर,सभा जस्ता कार्य गर्न पाउने छैन । धर्मिक, राजनैतिक, जातीय वा क्षेत्रीय नारा प्रचार प्रसारमा ल्यउनु पाउने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चरित्रचित्रण, गालीगलौच,अपशब्द जस्ता असामाजिक कार्यहरु गरेको प्रमाणित भएमा कार्वाही स्वरुप निर्वाचन समितिले उम्मेदवारी नै वदर गर्न सक्नेछ ।

    ६. निर्वाचन समितिका कुनै पनि आयुक्त वा निर्वाचन अधिकृतहरुले कुनै पनि पदको हक दावी गर्न पाउने छैनन्। उम्मेदवारको प्रस्तावक, समर्थक बन्न वा महाधिवेशनको अवधि भर कुनैपनि उम्मेदवारको पक्षविपक्षमा वोल्न या सघाउन पाउने छैनन् ।

    ७. उम्मेदवारहरुले आफ्नो प्यानल खडा गरी समूहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नलाई समेत आचार संहिताको उलंघन मानिने छ । सो अबस्थामा निर्वाचन समितिले आवश्यक कार्वाही गर्नुको साथै उम्मेदवारीबाट समेत बन्चित गराउन सक्नेछ ।

    ८. कार्य समितिमा उम्मेदवारी दिन चाहने उम्मेदवारहरुको योग्यता देहाय वमोजिम हुनेछ । राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको उमेदवारीका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानको दफा २३.११ लागु हुनेछ । अध्यक्ष पदको उमेदवार बन्नको लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी भै एक कार्यकाल पुरा गरेको हुनुपर्नेछ । आइसीसी सदस्यको लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य भई कम्तीमा १ कार्यकाल कार्य गरेको हुनुपर्नेछ । अन्य कार्यकारीको हकमा गैरआवासीय नेपाली संघको पन्जिकृत सदस्य भएको व्यक्ति हुनुपर्नेछ ।

    ९. गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२३-२०२५ को कार्यसमिति देहाय वमोजिम हुने भएकोले इच्छुक व्यक्तिले योग्यताको आधारमा कुनै पनि पदमाउम्मेदवारी दिन सक्नेछन् :
    अध्यक्ष १ जना वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष २ जना महिला उपाध्यक्ष १ जना महासचिव १ जना सचिव २ जना कोषाध्यक्ष १ जना सह-कोषाध्यक्ष १ जना प्रवक्ता १ जना युवा संयोजक १ जना युवा सह-संयोजक १ जना महिला संयोजक १ जनामहिला सह-संयोजक १ जना निर्वाचित सदस्य १२ जना मनोनित सदस्य १/४ जना

    १०. गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष, उपाध्यक्ष्य, महासचिव लगायतका पदाधिकारी पदका लागि उम्मेदवारी दिन चाहने व्यक्तिले कुवेत स्थित अन्य संघसंस्थाको प्रमुख पदवाट पदत्याग गरि आउनु पर्नेछ । (प्रमुख पद भन्नाले अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई चिनिन्छ)

    ११. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा उमेदवारी मनोनयन दर्ता पछि उमेदवारको विरुद्ध गैरकानूनी तथा गैरजिम्मेवारीपूर्ण काम गरेको उजुरी आएमा साथै कुवेतको कानून विपरित कृयाकलाप भएको ठहर भएमा वा यस संघको पुर्वकालमा कुनै पनि पदमा रही बेरुजु फछ्यौट नभएको पाइएमा निर्वाचन समितिले निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारी रद्द गर्न सक्नेछ ।

    १२. उम्मेदवारी दर्ता गराई सकेपछी उम्मेदवारी फिर्ता लिए पनि सो बापत बुझाइएको शुल्क
    फिर्ता हुनेछैन ।

    १३. निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई उम्मेदवारले आफ्नो पक्षमा पार्नको निम्ति कुनै पनि किसिमको अवान्छनिय वा प्रभावित पार्ने कार्य गरेको पाईएमा उम्मेदवारी स्वत: खारेजी हुनेछ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...