News Portal

अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक

हिमालीसंचार संवाददाता
४९६ पटक

काठमाडौ। उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’द्वारा लिखित ”अनौठो माया” उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले ४ दशक लामो साहित्य यात्रा र कला क्षेत्रमा लागेर नेपाली साहित्य क्षेत्रमा आफ्नो महत्त्वपूर्ण योगदान दिनु भएकोमा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’लाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो।

धेरै भन्दा धेरे पुस्तक एवं कृति प्रकाशित गरेर साहित्यमा ठुलो योगदान दिनुहुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ”अनौठो माया” उपन्यास अध्यन गर्दा उपन्यासभित्र मात्र नभएर यथार्थमा पनि उपन्यासभित्रको कथामा झैँ नायकलाई पर्न गएको समस्या अनि समाधान उपन्यास पढेपछि थाहा हुने र अहिलेको जवानामा सबै मान्छेहरूलाई प्रेमप्रति पनि विश्वास गर्ने कि, नगर्ने ? प्रश्न गर्न लायक कुरा र समाधान उपन्यासमा रहेको कार्यक्रमका अथिति वरिष्ठ पत्रकार गीता अधिकारीले बताउनुभयो।

कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ३२ औं कृति प्रकाशित गरेर साहित्यको निमित्त धेरै ठुलो योगदान दिनुभएको धारण राख्नुभयो।

ओएसनेपालको तर्फबाट विवेक कार्कीले आफ्नो धारणा राख्दै ओएसनेपालले प्रकाशित गरेको ”अनौठो माया” उपन्यासका बारेमा बोल्दै साहित्यमा धेरै समय खर्चंदै नेपाली साहित्यलाई मात्रै नभएर नेपाली गीत, संगीत क्षेत्रमा पनि आफ्नो अमूल्य योगदान दिनु भएकोमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा चर्चित एवं विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कथावस्तु अनुसार धेरै पृष्ठको उपन्यासभन्दा सरल र सबै कथा समाबेश गरेर पाठक माझ पुर्‍याउने साहित्यकार अमरको खुवी रहेको मन्तव्य राख्नुभयो।

संगीतकार एवं गायक सुर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट उपन्यासमा कथा समेटिएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले सबैको मन जित्ने बताए।

अन्तरक्रिया कार्यक्रमपछि उपन्यासको अडियो उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीबाट उपन्यासको अडियो सोही समारोहमा  सार्वजनिक गर्नु भयो।

अब पुस्तकमा मात्रै नभएर उपन्यासको अडियो छोटो समयमै सबैले सुन्न सक्ने र पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिन सक्ने लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले बताउनु भयो।

सार्वजनिक उक्त ”अनौठो माया” उपन्यासको अडियोमा कृष्णराज अधिकारीको सुमधुर आवाज रहेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...