News Portal

धरानमा बंगुरको मासुको मुल्य समायोजन, प्रतिकिलो ४ सय रुपैया निर्धारण

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा बंगुर व्यवसायी संधले गत असार १ गतेदेखि लागू हुनेगरी प्रतिकिलो ६० रुपैयाले बृद्धि गर्दै धरानमा बंगुरको मासुको मुल्य ४२० रुपैया कायम गरेका थियो। तर, आज धरान उपमहानगरपालिकामा बसेको बैंठकले बंगुरको मासुको मुल्य ४ सय रुपैया निर्धारण गरेको छ।

गत आइतबार बंगुरपालक किसान, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी, प्रशासन संगको छलफल पश्चात बंगुरको मासुको मुल्य प्रतिकिलो ४ सय रुपैया कायम गरेका थिए । बंगुर व्यवसायीहरुले विगत ५ बर्षदेखि बंगुरको मासुको मुल्य वृद्धि नहुदा मर्का परेको भन्दै मासुको मुल्य प्रतिकिलो ३६० रुपैयाबाट गत आइतबार ६० रुपैया वृद्धि गर्दै प्रतिकिलो ४२० कायम गरेका थिए । 

मेयर साम्पाङले स्थानीय सरकारसँग समन्वय र छलफल गरेर मात्र बंगुरको मासुको मुल्य वृद्धि गर्नुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टी जनाएका थिए । उनले नै आजको बैंठकमा ४ सय रुपैया बंगुरको मासुको मुल्य कायम गर्न गरेको प्रस्तावलाई नै बैठकले अनुमोदन गरेको थियो । निकट भविष्यमा पनी स्थानीय सरकार संग आवश्यक छलफल गरेर मात्र कुनै पनी बस्तुको मुल्य निर्धारण गर्न मेयर साम्पाङको आग्रह थियो

धरानमा बंगुरको मासुको मुल्य वृद्धि गरिएपछि उपभोक्ताहरुबाट समेत धेरै गुनासो आए। त्यसैले बंगुरको मासुको मुल्य पुर्नविचार गर्न आवश्यक छलफल गरिएको उपमेयर अइन्द्रबिक्रम बेघाले बताए । उपभोक्तालाई पनि मार नपर्ने र किसान, व्यवसायीलाई पनि मर्का नपर्ने गरि धरानमा बंगुरको मासुको मुल्य निर्धारण गरिएको उनको भनाई रहेको थियो । त्यस्तै, नियमित रुपमा बजार अनुगमन गर्ने समेत उपमेयर बेधाले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...