News Portal

धरानमा बंगुरको मासुको मुल्य समायोजन, प्रतिकिलो ४ सय रुपैया निर्धारण

हिमालीसंचार संवाददाता
४५२ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा बंगुर व्यवसायी संधले गत असार १ गतेदेखि लागू हुनेगरी प्रतिकिलो ६० रुपैयाले बृद्धि गर्दै धरानमा बंगुरको मासुको मुल्य ४२० रुपैया कायम गरेका थियो। तर, आज धरान उपमहानगरपालिकामा बसेको बैंठकले बंगुरको मासुको मुल्य ४ सय रुपैया निर्धारण गरेको छ।

गत आइतबार बंगुरपालक किसान, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी, प्रशासन संगको छलफल पश्चात बंगुरको मासुको मुल्य प्रतिकिलो ४ सय रुपैया कायम गरेका थिए । बंगुर व्यवसायीहरुले विगत ५ बर्षदेखि बंगुरको मासुको मुल्य वृद्धि नहुदा मर्का परेको भन्दै मासुको मुल्य प्रतिकिलो ३६० रुपैयाबाट गत आइतबार ६० रुपैया वृद्धि गर्दै प्रतिकिलो ४२० कायम गरेका थिए । 

मेयर साम्पाङले स्थानीय सरकारसँग समन्वय र छलफल गरेर मात्र बंगुरको मासुको मुल्य वृद्धि गर्नुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टी जनाएका थिए । उनले नै आजको बैंठकमा ४ सय रुपैया बंगुरको मासुको मुल्य कायम गर्न गरेको प्रस्तावलाई नै बैठकले अनुमोदन गरेको थियो । निकट भविष्यमा पनी स्थानीय सरकार संग आवश्यक छलफल गरेर मात्र कुनै पनी बस्तुको मुल्य निर्धारण गर्न मेयर साम्पाङको आग्रह थियो

धरानमा बंगुरको मासुको मुल्य वृद्धि गरिएपछि उपभोक्ताहरुबाट समेत धेरै गुनासो आए। त्यसैले बंगुरको मासुको मुल्य पुर्नविचार गर्न आवश्यक छलफल गरिएको उपमेयर अइन्द्रबिक्रम बेघाले बताए । उपभोक्तालाई पनि मार नपर्ने र किसान, व्यवसायीलाई पनि मर्का नपर्ने गरि धरानमा बंगुरको मासुको मुल्य निर्धारण गरिएको उनको भनाई रहेको थियो । त्यस्तै, नियमित रुपमा बजार अनुगमन गर्ने समेत उपमेयर बेधाले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...