News Portal

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन, सम्मान मानपदवी वितरण

हिमालीसंचार संवाददाता
४१४ पटक

धरान – पूर्वाञ्चलको धरान उपमहानगरपालिका धरानमा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा तीन जना याक्थुङ चलचित्रकर्मीहरु लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, नवि सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित गरिएको छ।

धरानमा गत शनिबार याक्थुङ चुम्लुङ हिममा आयोजित  ‘याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०’ को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नविन सुब्बालाई अभिनन्दन गरिएको छ। यसैगरी हालपनी प्रदर्शनरत ५१औं दिन मनाएको सफल चलचित्र जारीका लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल, बितेकापलका निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको छ । 

याक्थुङ कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रमार्फत विश्व सामु पुऱ्याएको र आदिवासी जनजाती चलचित्रहरुलाई नेपाली चलचित्र बजारमा चिनाउन अथक प्रयास गरेर सफल भएकाले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । 

यसैगरी उत्सको अवसरमा बिगत चार दशकदेखि मोफसलमै रहेर  चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ बरिष्ठ कलाकार’ पदबाट र  किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ  चलचित्रकर्मी’ पदवीबाट सुशोभन सम्मानित गरिएको छ । प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित सम्मान गरिएको हो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नि मेन्याङ्बोले संयुक्त रुपमा सम्मान  गरेका थिए ।   

आयोजित कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिए । कला, भाषा, साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए ।

आफ्नो समुदायको कला, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी वहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्ध भएर लाग्न आग्रह समेत गरे । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भन्ने विषयमा छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने उपप्रमुख बेघाको जिकिर थियो।    

गत असार २ र ३ गते दुइदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो । भव्य रुपमा उदघाटन भएको  खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ, केलाङ, हाक्पारे, बिजुवा प्रदर्शन, विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । 

पहिलो शेसन समाप्त भएपछि दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको थियो। अन्तरक्रिया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोलेका थिए। 

अन्तरक्रिया कार्यक्रमको सहजीकरण इक्षा मादेनले गरेकी थिइन । राष्ट्रिय महाधिवेशन – २०८० को अन्तिम दिन अर्थात असार ३ गते बन्दशत्र हुने कार्यक्रम रहेक छ । बन्द शत्रमा १ सय जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिति रहने र यहीबाट नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...