News Portal

धरानमा बंगुरको मासुको भाउ असार १ गतेदेखि बढाउने संघको निर्णय

“प्रतिकिलो ६० रुपैया बृद्धि हुने भएको छ!”

हिमालीसंचार संवाददाता
७२१ पटक

अशोक तिरुवा/धरान – धरान उपमहानगरपालिका धरानमा आगामी असार १ गतेदेखि बंगुर मासुको भाउ बढाउने धरान मासु व्यवसायी संघले निर्णय गरेका छन्।

संघका अनुसार धरानका सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता लगायतका प्रतिनिधिहरुसंगको छलफलबाट धरानमा बंगुरको मासुको भाउ बढाउने संघले निष्कर्ष निकालेका हुन्। 

संघका अध्यक्ष मदन तामाङका अनुसार आगामी असार १ गतेदेखि लागु हुने गरी धरानमा बंगुरको मासुमा प्रतिकिलो ६० रुपैया वृद्धि हुने गरी धरानमा बंगुरको मासुको भाउ बढाउने निर्णय गकिएको जानकारी दिए।

धरानमा लामो समयदेखि बंगुर मासुको भाउ बृद्धि भएको थिएन। धरानमा बंगुर पालन गर्दै आएका किसानहरुलाई बंगुरको चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा व्यवसायीहरु मारमा परेको भन्ने गुनासो आएपछि पछिल्लो समय मुल्य समायोजन गरिएको जानकारी दिए। 

धरानमा बंगुरको मासु प्रतिकिलो ३६० रुपैयाबाट बढेर अब ४२० रुपैया कामय हुने भएको छ । नया मुल्य समायोजन हुदा प्रतिकिलो ६० रुपैया वृद्धि हुने भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...