News Portal

रुसी सेनामा नेपाली युवा भर्ती भएका छैनन्- एनआरएनए

हिमालीसंचार संवाददाता
४३६ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए।

सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन्।

भम्रण तथा विद्यार्थी भिसामा रुस पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ। तर, रुसमै बस्ने संघका अध्यक्ष डा. केसीले भने यस विषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए।

‘यस विषयमा हामीलाई केही जानकारी छैन। मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा. केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन। दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...