News Portal

साउदी जेलमा परेका गोरखाका कुमार राना मगर नेपाल आइपुगे

हिमाली संचार संवाददाता
५४२ पटक

काठमाडौं : साउदी अरबको जेलमा परेका गोरखाका कुमार रानामगर बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी फ्लाइ दुबईबाट बिहीबार राति साढे १० बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई काठमाडौंमा पत्नी अम्बिका रानामगर, छोरी, आफन्त र कुमार राना उद्वार अभियानका संयोजक कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । कुमार १५ दिनअघि नै रिहा भए पनि नेपाल फर्किने प्रक्रिया मिलाउन समय लागेका कारण बिहीबार मात्र फर्केका हुन् ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम २ लाख ९४ हजार साउदी रियाल (करिब ८३ लाख नेपाली रुपैयाँ) तिर्न नसक्दा कुमार गत वर्ष असोजमा जेल परेका थिए ।

नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरी क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा भएका हुन् । क्षतिपूर्तिवापतको रकममध्ये साउदी रियाल ४४ हजार घाइते साउदी नागरिकले छुट गरिदिएका थिए भने ५० हजार कुमार कार्यरत कम्पनीले व्यहोरेको थियो ।
बाँकी २ लाख साउदी रियाल अर्थात करिब ६२ लाख रुपैयाँ नेपाल र विदेशमा रहेका नेपाली समुदायले संकलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...