News Portal

साउदी जेलमा परेका गोरखाका कुमार राना मगर नेपाल आइपुगे

हिमाली संचार संवाददाता
५६२ पटक

काठमाडौं : साउदी अरबको जेलमा परेका गोरखाका कुमार रानामगर बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी फ्लाइ दुबईबाट बिहीबार राति साढे १० बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई काठमाडौंमा पत्नी अम्बिका रानामगर, छोरी, आफन्त र कुमार राना उद्वार अभियानका संयोजक कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । कुमार १५ दिनअघि नै रिहा भए पनि नेपाल फर्किने प्रक्रिया मिलाउन समय लागेका कारण बिहीबार मात्र फर्केका हुन् ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम २ लाख ९४ हजार साउदी रियाल (करिब ८३ लाख नेपाली रुपैयाँ) तिर्न नसक्दा कुमार गत वर्ष असोजमा जेल परेका थिए ।

नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरी क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा भएका हुन् । क्षतिपूर्तिवापतको रकममध्ये साउदी रियाल ४४ हजार घाइते साउदी नागरिकले छुट गरिदिएका थिए भने ५० हजार कुमार कार्यरत कम्पनीले व्यहोरेको थियो ।
बाँकी २ लाख साउदी रियाल अर्थात करिब ६२ लाख रुपैयाँ नेपाल र विदेशमा रहेका नेपाली समुदायले संकलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...