News Portal

मकाउमा नेपाली मौलिक कथानक चलचित्र “जारी”को प्रिमियर शो प्रदर्शन हुदै

मकाउबासी नेपालीहरुलाई आयोजकको निमन्त्रणा !

हिमालीसंचार संवाददाता
७२४ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कोभिड-१९ को प्रभावपछि मकाउको जनजीवन सामान्य उन्मुख रहेको छ। यसै सन्दर्भमा मकाउमा नेपाली मौलिक कथानक चलचित्र “जारी” प्रिमियर शो प्रदर्शन हुन लागेको हो।

मकाउमा गठीत जातीय संस्था तामाङ घेदुङ संघ मकाउको आयोजनामा नेपाली मौलिक कथानक चलचित्र “जारी” प्रदर्शन संधको आयोजनामा मकाउमा प्रिमियर शो आगामी जुलाई २ तारिख आइतबार गर्न लागेको संघका सक्रिय सदस्य मिङमार तामाङले हिमालीसंचारडटकमसंग बताए। 

नेपाली कथानक चलचित्रले पछिल्लो समय राम्रो स्थान लिदैं गइरहेको अबस्थामा नेपाली मौलिक कथानक चलचित्र “जारी” मकाउस्थित सिनेमा अल्जेरा फ्लिम हलमा जुलाई २ तारिख आइतबार पहिलो शो विहान ९ः३० बजे र साझ ९ः३० बजे दोस्रो शो प्रदर्शन गर्न लागेको हो। 

संघका सक्रिय सदस्य तामाङका अनुसार लामो समय मकाउ सरकारले कोरोना भाईरस न्यूनीकरणका लागि लकडाउन गरेका कारण नेपाली नागरिक समेत प्रभावित भएका थिए। यहि बोरिङ समयलाई रिफ्रेशिङ गर्न पछिल्लो समय चर्चित नेपाली मौलिक कथानक चलचित्र “जारी” मकाउमा प्रदर्शन गर्न लागेको जानकारी दिए।

नेपाली मौलिक कथानक चलचित्र प्रदर्शनरत “जारी”ले मुलुकको विभिन्न चलचित्र हलहरुमा ५१ दिन मनाई रहेको छ। भर्खरै पूर्वाञ्चलको फ्रेन सिनेमा धरानमा पनी ५१ दिन भव्य मनाएको छ। विशेष गरेर पूर्वी नेपालको लिम्बू समुदायको कथालाई चलचित्रले उजागर गरेको छ। नेपालकैं चर्चित नायक दयाहाङ राईको मुख्य अभिनय रहेको छ भने नायिकामा मिरुना मगर रहेकी छिन। बरिष्ठ लेखक तथा निर्देशिक उपेन्द्र सुब्बाको कथामा आधारित जारी चलचित्र रामबाबु गुरुङको प्रोडक्स रहेको चलचित्रले बासुरी फ्लिमको बजारमा ल्याएको हो। 

उक्त प्रिमियर शो देश तथा विदेशमा भव्यताका साथमा प्रदर्शन भइरहेको छ। आज चीनको अर्को विशेष प्रशासनिक क्षेत्र हङकङमा पनी प्रिमियर शो हुन गइरहेको छ। यसका लागि नायक दयाहाङ राई लगायतका टोली हङकङ पुगी सकेका छन्।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...