बग्दाद– इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गरेका हुन् ।
संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए । बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले सपथ लिएका हुन् ।
संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सार्नु भएको सरकारको कार्यक्रम पनि व्यापक छलफल पश्चात पारित गरेको छ ।
संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए । सिन्ह्वा