News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालमा २८ वर्षपछि धनगढीमा पुग्यो ४६.४ डिग्री तापक्रम, धरानमा पनी रेकर्ड तोड्यो

    हिमालीसंचार संवाददाता
    ५९२ पटक

    धरान – नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। आज शुक्रबार धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागका मौसम विद् सञ्जिब अधिकारीले जानकारी दिए।

    धनगढीमा सन् १९९५ जुन १६ तारिखमा पनि यही डिग्रीको तापक्रम २८ वर्षअघि मापन भएको थियो। नेपालको रेकर्डमै यो तापक्रम अहिलेसम्मकै उच्च मापन हो। 

    प्रदेश नं. १ को हकमा भने बादलहरूको विकास भएको उनले बताए। विराटनगरमा बादलका कारण बिहीबारभन्दा शुक्रबार तापक्रम घटेको जानकारी दिए। ‘मनसुन शुरु भएको होइन। त्यस कारण समय लाग्छ। तर, पूर्वको विराटनगरमा बादल लागेको छ। त्यही भएर ३६.६ डिग्री मात्रै तापक्रम मापन भएको छ।’

    बिहीबार विराटनगरमा ४२.६ डिग्री तापक्रम पुगेको थियो। शनिबारको मौसम पूर्वानुमानअनुसार पनि प्रदेश नं. १ को मौसम बदली हुने सम्भावना छ। ‘आगामी दिनहरूमा प्रदेश नं. १ मा चाहि मौसम बदली हुने सम्भावना देखिन्छ। बाँकी तराईका भूभागमा त्यति बदली नभई सामान्यता मौसम सफा नै रहने छ। र तापक्रम अझै बढ्ने सम्भावना नभएपनि घट्ने सम्भावना छैन्। 

    धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव ८ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (बुधबार) ३९ दशमलव ३ डिग्री मापन गरिएको थियो।

    त्यस्तै, ओखलढुंगामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव ९ डिग्री पुगेको छ। इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको छ।

    नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ। तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो। त्यसपछि २४ गते अर्का बुलेटिन जारी गरेर सचेत गराएको थियो ।

    मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन् । नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव आठ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्यांकमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो ।

    नवलपुरको दुम्क्यौलीमा सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो । मौसमविद्का अनुसार तराईमा मात्रै होइन पहाडी भेगमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ भइरहेको छ ।

    महाशाखाका अनुसार “मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको छ । 

    कपिलवस्तुको तौलिहवामा ४२ डिग्री तापक्रम मापन भएको छ ।चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ । काठमाडौँमा हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्रीमा झरेको छ । विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको महाशाखासंग अभिलेख छ ।

    मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौँ उपत्यकालगायत देशका अन्य भेगमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ ।

    मौसमविद् अधिकारीका अनुसार तराईका अधिकांस भूभागमा पर्सीसम्म तापक्रम स्थिर नै रहने छ। ‘तातो हावाका कारणले  लूको समस्या निम्तन सक्ने समेत विज्ञहरुले चेतावनी दिएको छ। देशको मध्य तथा पश्चिम तराई‌‌हरूमा पर्सीसम्म पनि तातो हावा, तापक्रममा गिरावट आउने, बन्द  हुने देखिन्न,’ उनले भने,‘केही तलमाथि भएपनि केही दिन स्थिर मौसम रहने देखिन्छ।’

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...