आज : २०२६-०६-२१, आइतबार

मोरङको रंगेली स्थित ज्ञान ज्योतिले शिक्षकहरुलाई हस्त लेखन तालिम दियो

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका २ धिमधिमे  स्थित  ज्ञान ज्योती इङलमस बोर्डिङ स्कूलले बिधालयमा अध्यपन गराउने शिक्षक-शिक्षिकाहरुका लागि एक दिने हस्त लेखन सम्बन्धि तालिम प्रदान गरेको छ।

बिधालयले बालबालिकाहरुका लागि पठाईको ज्ञान मात्रै नभए र अक्षेर सुधार र लेख्नका लागि पनि बालबालिकाहरुलाई उत्तिकै सहज होस् भन्ने उदेश्यका साथ बिधालयका शिक्षकहरुका लागि हस्त लेख्नका लागि सहज होस् भन्नका लागि तालिमको आयोजना गरिएको बिधालयका प्रिन्सिपल निराजन दाहालले हिमालीसंचारडटकमसंग बताए । 

एक दिने तालिम लक्ष्मीप्रसाद राईले शिक्षकहरुलाई हस्तलेख्न भनेको के हो र यसको फाईदाहरु के-के हुन्छन? भन्ने बिषयमा प्रयोगात्मक गरेर तालिममा सहभागी शिक्षकहरुलाई जानकारी समेत गराईएको थियो । 

बिधालयका प्रिन्सिपलले शिक्षकहरुका लागि यस्तो तालिम दिलाएको सम्पन्धमा बिधालय प्रशासनलाई शिक्षकहरुले धन्यवाद दिएका छन। बिधालयमा बालबालिकाहरुलाई अध्यायपन गराउन धेरै सहयोग हुने अपेक्षा समेत रहेको  शिक्षकहरुले बताए । 

निकट भविष्यमा बिधालयका शिक्षकहरुलाई सक्षम बनाउनका लागि बिधालयले थप तालिम संचालन गर्दै लाने बिधालय प्रिन्सिपल निरजन दाहालले हिमालीसंचारडटकमसंग बताए ।