News Portal

स्वीडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

हिमालीसंचार संवाददाता
५२१ पटक

एजेन्सी। संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन्। यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ। युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ।

सुन्दा पत्याउनै मुस्किल पर्छ। मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ। यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ।

हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा

स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ। यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ।

तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ। प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ। विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन्।

हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ।

युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ।।

आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ। आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो। उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन्। उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ। त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ।

के हो सेक्सुअल ओरिएन्टेसन ?

फरक–फरक मानिसहरुले छुट्टा–छ्ट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसूस गर्न सक्दछन्।

यसमा अधिकांश विपरीत लिंगीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिंगको व्यक्तिसँग वा दुवै लिंगका व्यक्तिसँग पनि आकर्षित हुन्छन्।

सेक्स च्याम्पियनसीपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रुपमा स्थापित गर्ने दाबी गरिएको छ।

अनलाइनखबरबाट।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...