News Portal

मोरङमा वित्तिय साक्षरता सम्बन्धि सचेतनाका लागि शान्तिपूर्ण ऱ्याली

हिमालीसंचार संवाददाता
२७७ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका-१ स्थित बबियाबिर्तामा वित्तीय साक्षरता सम्बन्धी एक दिने सचेतनाका लागि शान्तिपुर्ण ऱ्यालीको आयोजना गरिएको छ ।

लघुवित्त संरक्षण तथा प्रबर्द्धन समिति रंगेली नगरपालिका मोरङद्वारा आयोजित कार्यक्रममा सखरदिना प्रहरी चौकीदेखि  बबियाबिर्ता हटिया चोकसम्म पुगेर ऱ्याली  कोण सभाम परिणत भएको थियो । 

आयोजित कार्यक्रमकको कोण सभामा लघुबित्त के हो? यसको महत्व को विषयमा र अहिलेको अवस्थामा ययको आवश्यकता कस्तो छ? भन्ने बिषयमा जनसमुदायमा प्रष्ट पार्नको लागि शान्तिपूर्ण ऱ्यालीको आयोजना गरिएको जीवन विकासका कर्सिया शाखा प्रवन्धक गायत्री पोख्रेलले स्पष्ट पारिन् । उनले बैकको पैसा जनताको हो, कर्जा तिरे घट्छ नतिरेमा बढ्छ, भ्रम फैलाउनेलाई कारबाही गर, उधमशिलता विकास अहिलेको निकास हो । 

संस्थाले “योजना बनाई खर्च गरौ, लघुबित्त हाम्रो सहारा हो” जस्ता नारा सहितको प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए। कार्यक्रममा जीवन विकासमा आबद्ध कर्सिया, रंगेली, रामचोक, अमाही, बबियाबिर्ता तथा बाहुनी शाखाका सदस्य सरोकार वाला, बुद्दिजिवी तथा सहयोगी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। 

आयोजित कार्यक्रम कोणसभामा उपस्थित सदस्यहरुले “लघुबित्त चाहिन्छ, लघुबित्त हाम्रो घर हो, साहु महाजनको ज्यादती बन्द गर, मिटरब्याजीलाई कारबाही गर” भन्ने नारा सहितको आफ्नो धारणा समेत राखेका थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...