News Portal

राजवंशी समुदायद्वारा निर्मित “सान्दुस मोतिलाल” कथानक चलचित्रको उद्धाटन

हिमालीसंचार संवाददाता
४१५ पटक

रबिन्द्र बराल/मोरङ – राजवंशी समाज विकास समिति मोरङद्वारा सिरुवा मिडिया हाउसेर पहिला सान्दुस मोतीलाल फिलिमको विधिवत रुपमा उद्घाटन गरेको छ।

सुनवर्षी नगरपालिका- २ भालाई स्थित सामुदायिक भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे फिलिमको शुभारम्भ गरेको हो। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व रक्षामन्त्री मेनेन्द्र रिजाल, विशिष्ठ अथिति विनोद कार्की, रतुवामाई नगरपालिका मेयर नागेश्वर प्रसाद सिह, राजवंशी समाजका  कोमल सिंह राजवंशी, शिव नारायण सिंह, बिकाश सिवाकोटी, कृष्ण वस्नेत केन्द्रीय महाअधिवेशन प्रतिनिधी केशव राजवंशी, महेश्वर राजवशी लगायत स्थानीय नेताहरुको सहभागी रहेको थियो।  

कार्यक्रममा प्रमुख अथितिले फिलिमको व्यानर पढेर उद्घाटन गरेका थिए । आयोजित कार्यक्रममा सहभागीहरुलाई विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए । 

प्रमुख अतिथिले भने राजवंशी समुदायले यसरी आफ्नो भाषामा फिलिम बनाएर राजवंशी समुदायलाई नै उच्च सम्मान गरेको र नेपाल सरकारले लोप हुन लागेको भाषालाई संरक्षण गर्नु पर्ने कुरामा समेत जोड दिएका थिए ।   

राजवंशी समुदायले यसरी आफ्नो भाषा, कलाले समग्र समाजलाई सकारात्मक दिशा तर्फ लैजान सहयोग समेत हुने रिजालले बताए । फिलिम मोरङ, झापा, सुनसरी लगायतका स्थानहरुमा छायांकन गरिएको छ । फिलिमको लेखन/निर्देशन मनोरथ राजवंशी, निर्मातालपुष्पलाल राजवंशी अगमसरी राजवंशी, गायक-गायिका मनोरथ राजवंशी, दिलकुमार राजवंशी, संगित बलराम राजवंशी, मुख्य कलाकारहरु: तारा, मनोरथ, पुनम, सन्दीप, प्रतिभा, धर्मलाल, रज्जु, चन्द्र राजवंशी, तुफान आलम बाल कलाकारहरुले फिलिम निर्माण गरेका हुन्।

उक्त फिलिमको १६ लाख रुपैयाँ बराबरको लागतमा निर्माण भएको मनोरथ राजवंशीले बताए । कार्यक्रममा प्रमुख अतिथि, तथा अथितिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...