News Portal

दुई महिला कामदारलाई रक्सी खुवाएर बलात्कार

हिमालीसंचार संवाददाता
५१४ पटक

काठमाडौं। चर्चित क्लब एलओडीका दुई महिला क्लिनर (सरसफाइ कामदार)लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

नेपालप्रेसका अनुसार खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठ रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा गत वैशाख १५ गते बिहान साढे ६ बजे क्लबको काम सकेर घर जान लागेको अवस्थामा एलओडीका ती दुई महिला क्लिनर लैनचौर-५१ र लैनचौर-५३ (नाम परिवर्तन) लाई श्रेष्ठ र मगरले खाजा खुवाउन भन्दै सोह्रखुट्टे ओरालोमा रहेको एक खाजा पसलमा लगेका थिए।

त्यहाँ आफूहरूले ६ क्वाटर गोल्डेन ओक (रक्सी) खाएको प्रतिवादीले बयानमा उल्लेख गरेका छन्। श्रेष्ठले भने मदिरा सेवन गरेका थिएनन्। त्यसपछि उनीहरू काठमाडौं महानगरपालिका-२६ स्थित एक होटलमा दुईवटा रुम बुक गरेर बसेका थिए।

अनुसन्धानका क्रममा मगर लैनचौर-५३ सँग र श्रेष्ठ लैनचौर-५१ सँग बेग्लाबेग्लै कोठामा बसेका थिए। लैनचौर-५३ सँग शारीरिक सम्पर्कपछि उनलाई बिदा गरेका मगरपछि श्रेष्ठ र लैनचौर-५१ बसेको कोठामा पनि छिरेको बयानमा उल्लेख गरेका छन्। लैनचौर-५१ ले रक्सी खाने मनसाय व्यक्त गरेकाले थप तीन क्वाटर गोल्डेन ओक मगाएर खाएको मगरले बयानका क्रममा बताएका छन्।

‘श्रेष्ठबाट लैनचौर-५१ ले यौन सन्तुष्टि प्राप्त नगरेको भन्ने कुरा भएकोले निज साथी श्रेष्ठलाई उक्त कोठाबाहिर राखी मैले लैनचौर-५१ सँग सहमतिमै एक पटक शारीरिक सम्पर्क राखेँ’, मगरले आफ्नो बयानमा उल्लेख गरेका छन्।

त्यसअघि आफ्नो बच्चालाई स्कुल पठाउनु छ भनेपछि लैनचौर-५३ लाई ५ सय रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएको उनले बताएका छन्। लैनचौर-५१ र लैनचौर-५३ प्रहरीमा गरेको कागजमा घटनाअघि मगरसँग मात्र आफूहरूको चिनजान रहेको र श्रेष्ठलाई त्यसै दिन मात्र चिनेको उल्लेख गरेका छन्।

प्रतिवादीले खाजा घरमा मदिरा सेवन गर्दै गएपछि आफूहरूलाई ट्याब्लेट खुवाएको पनि दाबी उनीहरूको छ। ‘त्यसपछि तिमीहरूलाई रक्सी लाग्यो आफै हिँडेर जान सक्दैनौ हामी कोठासम्म पुर्‍याइदिन्छौँ भनेर ट्याक्सीमा राखेर होटल पुर्‍याए’, पीडितहरूले भनेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...